हिमपातले १६ दिनदेखि मार्तडी–कोल्टी सडक ठप्प

हिमपातले १६ दिनदेखि मार्तडी–कोल्टी सडक ठप्प

बाजुरा : माघ ७ गतेको हिमपातपछि अवरुद्ध भएको सदरमुकाम मार्तडी र कोल्डी क्षेत्र जोड्ने सडक १६ दिन बित्दा पनि खुल्न सकेको छैन । चार पाँच फिटसम्म हिउँ जमेपछि सडक अवरुद्ध भएको थियो । 

बडिमालिका र बूढीनन्दा नगरपाकिालको सीमा पोरखे लेकमा फेरि बाँक्लो हिउ परेपछि मार्तडी र कोल्टी क्षेत्रको सम्बन्ध टुटेको हो । ‘पोरखे लेकमा चार पाँच फिट हिउँ जमेको छ, आवतजावतमा समस्या भएको छ’, बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले भने । सडक अवरूद्ध हुँदा बाजुराका पूर्वोत्तर क्षेत्रका स्थानीय तहबाट सदरमुकाम आउने र जाने मानिस समस्यामा परेका छन ।

हिमपातकै कारण मार्तडी–कोल्टी सडक बन्द हँुदा बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । ‘सडक खोल्न डोजर लगाइएको छ, कच्ची सडकमा हिउँ पग्लेर सडक हिलाम्मे भएर चिप्लो भएकाले गाडी चलाउन अप्ठेरो भएको छ,’ बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने । 

सडक अबरुद्ध हँदा कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट रिफर भएर जिल्ला अस्पताल ल्याउनुपर्ने विरामीहरुलाई बढी समस्या भएको छ । जिल्ला स्वास्थ्य कार्यलयका कार्यालय प्रमुख डा. रुपचन्द्र विश्वकर्माले गम्भिर प्रकृतीका विरामीलाई असहज भएको बताए ।

‘कोल्टीमा जहाज पनि नियमित आउँदैन, जहाज चढेर नेपालगन्ज उपचार गर्न सबैको आर्थिक अवस्थाले पनि पुग्दैन, यताबाट रेफर भएकाहरु जिल्ला अस्पताल आउने हुन, दुई हप्ता देखि त्यो क्षेत्रबाट गम्भिर प्रकृतीको कोही पनि विरामी जिल्ला अस्पताल आएको छैन,’ विश्वकर्माले भने । 

मार्तडी–कोल्टी सकड बन्द हुँदा जय मालिका यातायात र स्वामीकार्तिक मानासरोवर यातायातका ५० जिप कामविहीन बनेका छन । स्वामीकार्तिक मानासरोवर यातायात प्रालिका काउन्टर ईन्चार्ज निसान्त रोकायाले सडक बन्द भएकाले गाडी थन्किएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.