श्री एयरलाई अन्तर्राष्ट्रिय उडान अनुमति

श्री एयरलाई अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौं : निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले फिक्स विङस (स्थिर पंखा जडित) जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने इजाजतपत्र (लाइसेन्स)पाएको छ। यसअघि हेलिकप्टरबाट चार्टर उडान अनुमति पाएको यो वायुसेवाले सीआरजे जेट नामका जहाजबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाएको हो।

दुई दशक हेलिकप्टर उडान गरिसकेको यो वायुसेवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बुधबार चार्टर उडान गर्ने गरी अन्तर्राष्ट्रिय इजाजत पाएको थियो। श्री एयरलाई यसअघि २०६७ सालमा जुन प्रकृतिको लाइसेन्स दिएको थियो त्यसैमा सीआरजे जेट नामक जहाजको फ्लिट थप गरिदिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।

हाललाई यो वायुसेवाले हवाई सेवा सम्झौता नभएका मुलुकमा पनि चार्टर उडान गर्न पाउँछ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तोकिएको सर्त पूरा गर्ने र क्षमता विकास गरेर आएपछि हवाई सेवा सम्झौता भएका मुलुकसँग नियमित उडान गर्न पाउनेछ। यो वायुसेवालाई हेलिकप्टरसँगै नियमति उडानमा रहेको सीआरजे ७०० वा २०० नामका जहाजबाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने गरी अनुमतिपत्र दिएको हो। मन्त्रालयको अनुमतिपछि अब यो वायुसेवाले उडान अनुमति (एओसी)का निम्ति नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिन पाउँछ।

प्राधिकरणले तोकेको सर्तअनुसार प्रक्रिाया पूरा गरेपछि यो वायुसेवाले (एओसी) पाउँछ। प्राधिकरणबाट आगामी तीन महिनाभित्रै एओसी पाउनेगरी आवश्यक तयारी गरिने श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले अन्नपूर्णलाई जानकारी दिए। मानन्धरले भने, ‘हामीसँग हेलिकप्टर उडानको अन्तर्राष्ट्रिय अनुमति पहिल्यै थियो। यही लाइसेन्समा जहाज थपेको (फ्लिट थप) भएको अनुमति पाएका हौं।’ मन्त्रालयले श्रीलाई अन्तर्राष्ट्रिय उडानमा चार्टरको अनुमति दिएको हो। ‘आवश्यक प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय उडानको अनुमति लिने, जहाज थप गर्ने काम गर्दै जाने छौं’, मानन्धरले भने।

मन्त्रालयले हाललाई अन्तर्राष्ट्रिय चार्टर उडानमा तीनवटा जहाज चलाउन पाउने गरी अनुमति दिएको छ। यी जहाजमार्फत उडान सुरु गर्न तोकिएको प्रक्रिया पूरा गर्ने श्री एयरलाइन्सको भनाइ छ। श्री एयरलाइन्सँग हाल निमति उडानमा सीआरजे ७०० नामक ७० सिटर र २०० नामक ५० सिट क्षमताको २/२ वटा जहाज छ। फिक्स वीङसबाट अन्तर्राष्ट्रिय चार्टर सुरु गरेको केही समयमा नै छिमेकी देश भारतका विभिन्न गन्तव्यमा नियमित उडान गर्ने योजना यो वायुसेवाको छ।

यो वायुसेवाले वम्बाडियर कम्पनीको क्यु ४०० नामक ७८ सिटरका तीन वटा थप जहाज पनि भित्र्याउँदै छ। फागुनभित्र दुईवटा र त्यसको केही समयपछि अर्को एक जहाज भिœयाउने गरी काम भइरहेको मानन्धरले जानकारी दिए। यो जहाजमार्फत श्रीले पोखरा र भरतरपुरसहितको यो वायुसेवाले भारतका विभिन्न सहरलाई गन्तव्य बनाएर अन्तर्राष्ट्रिय उडान सेवा दिने भएको छ। सरकारले भारतबाट पर्यटक ल्याउनलाई प्राथमिकतामा राखेको र नेपालबाट भारतका हैदरावाद, मुम्बई, दिल्लीसहितका गन्तव्यमा नियमित उडान गर्ने योजना श्रीको छ।

यो वायुसेवाले चारवटा आन्तरिक उडानका जहाजमार्फत माउन्टेन फ्लाइटसहित काठमाडौंबाट भैरहवा, विराटनगर, भद्रपुर, नेपालगन्ज, धनगढी र राजविराजमा उडान गरिरहेको छ।                                                   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.