प्रेमसम्बन्धको विषयमा विवाद हुँदा २० जना घाइते, प्रहरीको गाडी जलाइयो, गोदाममा समेत आगजनी

प्रेमसम्बन्धको विषयमा विवाद हुँदा २० जना घाइते, प्रहरीको गाडी जलाइयो, गोदाममा समेत आगजनी
तस्बिर : हरि शर्मा

परासी : प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा नवलपरासीमा २० जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ । आक्रोशित स्थानीयले प्रहरीको गाडीसमेत जलाई दिएका छन् । आगजनीबाट एक कवार्ड गोदाम ध्वस्त भएको छ । 

जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा मंगलबार प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच झडप भएको हो । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् । 

आगजनीबाट केटी पक्षका आफन्तको घरमा समेत क्षति पुगेको छ । केटा र केटी पक्षको घर सोही वडाको छोट्की कुस्मा गाउँमा छ । केटी पक्षका हजुरबुवा नाता पर्ने मोहरम पवरिया(मुसलमान) को घर भने बेलासपुरमा छ । केटा पक्षबाट आएका गाउँलेको समूहले मोहरमको बेलासपुरमा रहेको कवार्ड गोदाममा आगजनी गरेका हुन् । 

null

धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर विवाद भएको हो । केटा र केटीको उमेर २० वर्षको हाराहारीमा रहेको स्थानीयले बताएका छन् ।  सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन् । 

मंगलबार कुटपिटको कारण सोध्दै बिहान केटा पक्षका समूह मोहरमको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो । केटी पक्षले घरको छतमाथिबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट ढुंगा प्रहार गर्न सुरु गरेका थिए ।

दुई समूहबीच झडप भइरहँदा मोहरमका छोरा सोवरातीले केटा पक्षको समूहमाथि अन्धाधुन्दा ढुंगा प्रहार गरे‍पछि  गाडी दौडाउँदा दुईजना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  त्यसपश्चात आक्रोशित बनेको केटा पक्षको समूहले कवार्ड गोदममा आगजनी सुरू गरेका थिए ।

 गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको छ । केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । दुईजनाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरी ध्वस्त बनाएका छन् ।

null

स्थिति नियन्त्रण लिन ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको सूचना अधिकारी थापाले बताए । झडपका क्रममा अन्य ३ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइते हुने अन्यमा इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका रहेका छन् । टाउको र छातिमा चोट लागेका उनीहरूको अवस्था सामान्य अवस्था रहेको छ। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरील जनाएको छ । स्थिति तनावपूर्ण देखेपछि दमकल र एम्बुलेन्स पनि फर्किएका छन्।

आगजनी र झडप भएपछि बोलाइएका दमकल र एम्बुलेन्ससमेत फर्किएर जाँदा क्षति व्यहोर्नुपरेको भन्दै घटनास्थलमा खटिएका प्रहरीहरुले चालकहरूमाथि आक्रोश  पोखेका थिए । आगजनी हुने वित्तिकै रामग्राम नगरपालिकाको दमकल आएपछि टाढैबाट फर्केर जाँदा आगजनीले ठूलो क्षति पुर्‍याएको भन्दै डेढ घण्टापछि पुगेको दमकल र एम्बुलेन्सका चालकसँग प्रहरीहरुले आक्रोश पोखेका थिए ।  ‘समयमा दमकल आएको भए हाम्रो गाडी ध्वस्त हुने थिएन । गोदाममा पनि यति धेरै क्षति हुने थिएन । आएपनि बोलाउँदा बोलाउँदै फर्केर जाने ?’घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षकले आक्रोश पोखे।

घटनास्थलबाट रामग्राम नगरपालिका करिब ६ किलोमिटरको दुरीमा छ । रामग्रामको दमकल फर्केको प्रहरीको भनाइ छ । झडपको स्थिति सामान्य बनेपछि करिब २२ किलोमिटरको दुरीमा रहेको बर्दघाट नगरपालिकाको दमकल आएपछि रामग्रामको दमकलसमेत आएर आगो नियन्त्रणमा लिइएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.