सोमबार बसेको मन्त्रिपरिषद बैठकमा के -के निर्णय भयो ?

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा के -के निर्णय भयो ?
सुन्नुहोस्

काठमाडौं : मन्त्रिपरिषद्ले गत आर्थिक वर्षमा कार्यसम्पन्न भएका आयोजना तथा कार्यक्रमको भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई स्वीकृति दिएको छ ।

मंगलबार सिंहदरबारमा फागुन १२ गते बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोहि आर्थिक वर्षमा कार्यसम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए।

बैठकले पुलको मर्मतसम्भारका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धमा सम्झौता र कार्यक्रमको दस्तावेजलाई अन्तिमरुप दिन वार्ता टोली गठन गरेको छ। यसैगरी बैठकले नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले २०८० बैशाख १ गतेयताका मनसुनजन्य विपदमा परि बेपत्ता भएका व्यक्तिका परिवारलाई वेपत्ता भएको व्यक्ति कम्तिमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरि मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एकजनालाई बढुवा गर्ने निर्णय गरेको छ भने एक जना महासेनानी,दुईजना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्ने निर्णय गरेको छ । फागुन १८ देखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाइ स्वच्छता क्षेत्रको विकासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.