सुन-चाँदीको मूल्य फेरि बढयो
काठमाडौं : सुनचाँदीको मूल्य फेरि बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। आइतबार प्रतितोला १ लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर १ लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १९ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !