१७ किलो चरेशसहित एक पक्राउ

१७ किलो चरेशसहित एक पक्राउ

रुकुम पश्चिम : रुकुम पश्चिम प्रहरीले अहिलेसम्मकै बढी मात्राको चरेश बरामद गरेको छ। प्रहरीले साढे १७ किलो चरेश सहित एकजनालाई पक्राउ गरेको हो। जिल्लाको बाँफिकोट गाउँपालिका- ६ मग्मामा बुधबार साँझ नदुवातिर आउँदै गरेको भे ३ प २८८० नं.को मेटरसाइकलमा चढी आएका दुईजनामध्ये बाँफिकोट ८ दुलीका ४८ वर्षीय जयराम खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी सुमित खड्काले जानकारी दिए। 

बाँफिकोट गाउँपालिकाका दुली, मग्मा लगायतका इलाकामा लामो समयदेखि लागुऔषधको ओसार-पसार तथा कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली र प्रहरी पोष्ट मग्माको टोलिले पक्राउ गरेको डीएसपी खड्काले बताएका छन्।

मोटरसाइकलमा चढी आएका दुईजनामध्ये चालक भाग्न सफल भएको र पछाडी बसेकोलाई चरेशसहित पक्राउ गरेको प्रहरीले बताएको छ।फरार अर्का एकजनाको पनि खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको जनाएको छ । 

यसभन्दा अघि पनि विभिन्न बेलामा लागुऔषध बरामत गरिरहेको रुकुम प्रहरीले पछिल्नोपल्ट भेटाएको यो नै सबैभन्दा ठूलो परिमाणको लागुऔषध भएको बताएको छ। डीएसपी खड्काले लागुऔषधसहित कारोवारीलाई विभिन्न बेलामा पक्राउ गरिराखेको भएपनि यो क्रम भने नघटेकोमा दुःख व्यक्त गरे।

साथै यो गलत कारोवार भएको र यसमा संलग्न हुनु भनेको आफ्नै जीवन बर्बाद गर्नु भएको भन्दै उनले सबैलाई सचेत रहन पनि अनुरोध गरेका छन्। पक्राउ परेका खत्रीलाई जिल्ला अदातबाट ६ दिनको म्याद थप गरेर कारवाही बगाडी बढाइको डीएसपी खड्काले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.