सालीलाई बलात्कार गरेको अभियोगमा भिनाजु पक्राउ
काठमाडौं : सालीलाई बलात्कार गरेको अभियोगमा एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया सालीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ बाफल डेरा गरी बस्ने रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्कीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
उनले आफ्नै साली सर्लाही बलरा नगरपालिका-५ घर भइ बाफल नै बस्ने किशोरीलाई बलात्कार गरेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छ ।