डीपीएलको औपचारिक उद्घाटन, खेल सोमबारदेखि

डीपीएलको औपचारिक उद्घाटन, खेल सोमबारदेखि

धनगढी : प्रतिकूल मौसमका कारण खेल सोमबारबाट हुने भए पनि निर्धारित समय तालिकाअनुसार शनिबार धनगढी प्रिमियर लिग तेस्रो संस्करणको उद्घाटन गरिएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अम्पायर मोहम्मद सफिकलाई ब्याट र बल दिएर तेस्रो संस्करणको उद्घाटन गरे। डीपीएल उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले फाप्ला क्रिकेट मैदानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले फाप्लालाई छिट्टै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने पनि बताए।

फाप्ला क्रिकेट मैदान निर्माणका लागि डीपीआर बनाउन र केही सुरुआती काम गर्न चालु आर्थिक वर्षको बजेटमा पाँच करोड रकम विनियोजन गरिएको छ। यद्यपि त्यो रकम अहिले कार्यान्वयन हुन सकेको छैन। मुख्यमन्त्री भट्टले प्रदेश मातहत कार्यालयहरू स्थापना भइनसकेकाले त्यो कार्यान्वयन हुन नसकेको तर अब छिट्टै कार्यान्वयन हुने बताए। उनले प्रदेश सरकारले सुदूरपश्चिमका नौवटै जिल्लामा खेलका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको पनि दाबी गरे।

उद्घाटन कार्यक्रममा डीपीएलका सद्भावना दूत तथा क्रिकेटको फिल्डिङ क्षेत्रका विशेषज्ञ साउथ अफ्रिकी पूर्वखेलाडी जोन्टी रोड्सले खेल क्षेत्रको विकासका लागि पूर्वाधार अति आवश्यक रहेको बताए। उनले सुदूरपश्चिमबाट उदाइरहेको क्रिकेटका लागि पूर्वाधार आवश्यक भएको बताए।

वर्षाका कारण मैदान हिलो भएकाले धनगढीको एक होटलको परिसरमा उद्घाटन सत्र आयोजना गरिएको थियो। सुदूरपश्चिमाञ्चल एकेडेमीका अध्यक्ष योगेन्द्रबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

यसैबीच डीपीएलको उद्घाटन समारोहमा हरेक वर्ष प्रदान गरिने धनगढी क्रिकेट सम्मान नेपाली टोलीका पूर्वकप्तान पवन अग्रवाललाई र स्वर्गीय अर्जुन खड्का स्मृति क्रिकेट सम्मान पूर्वप्रशिक्षक सनोज भट्टराईलाई प्रदान गरिएको छ। दुवै जनालाई एक÷एक लाख रुपैयाँसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो। पूर्वकप्तान अग्रवालले आफूले पाएको एक लाख रकम फाप्ला क्रिकेट मैदान निर्माणका लागि भन्दै धनगढी क्रिकेट एकेडेमीलाई नै हस्तान्तरण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.