मन्दिर शिलान्यास गर्दै सञ्चारमन्त्रीले भने : सरकारले काम गर्दैछ, डिस्टर्ब नगर्नू
काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन सबैमा आग्रह गरेका छन् ।
'सरकार क्रमैसँग विकास निर्माणका काम गर्दैछ', बनेपा नगरपालिका-१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, 'सरकारको काममा डिस्टर्ब नगर्नुस् ।'
उनले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री बाँस्कोटाले नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपासमा उनीहरुको अधिकार हुने गरी कानून ल्याइएको बताए ।
'जब जनताका कानून बन्दै गर्छन्, आउँदै गर्छन्, जनता बलिया हुँदै जान्छन्', उनले भने, 'अनि सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुन्छ ।' बनेपा नगरपालिका र स्थानीयवासीको सहयोगमा मन्दिर बनाइने बताइएको छ । रासस