जिप दुर्घटनाकी घाइते गर्भवतीको हेलिकाप्टरबाट उद्धार
बेनी : म्याग्दीमा जिप दुर्घटना हुँदा घाइते भएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
बेनीदेखि भगवतीतर्फ जाँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप राहुघाट खण्डको उकालोमा दुर्घटना हुँदा १३ जना घाइते भएका थिए।
दुर्घटनामा घाइते भएकी पिप्लेकी ३६ वर्षीया गर्भवती सरस्वती परियार (काली)लाई हेलिकप्टरबाट उद्धार गरिएको हो। उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए।
रघुगंगा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमार्फत् परियारलाई हेलिकप्टरमार्फत् पोखरा लगिएको हो। घाइते सातजनाको बेनी अस्पतालमा उपचार भइरहेको छ भने चारजना साँझ जिस्चार्ज भएका छन्।
गाडी उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ। जिप सडकबाट एक सय मिटर तल खसेको छ।
प्रतिक्रिया दिनुहोस !