राप्रपाको आगामी महाधिवेशनको कार्यतालिका पारित
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने सहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।
बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङदेनले बताए। केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति पारित प्रस्तावहरूमाथि छलफल गरेर आवश्यक निर्णय लिने उनले जानकारी दिए।
उनले भदौ मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने प्रस्ताव गरिएको समेत बताए।
प्रतिक्रिया दिनुहोस !