नेपाललाई ‘ट्रान्जिट’ बनाइ इरानीको मानव तस्करी

नेपाललाई ‘ट्रान्जिट’ बनाइ इरानीको मानव तस्करी

काठमाडौं : मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ। इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरूले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ।

अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरूले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ। ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनमा उनीहरूले सेटिङ गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ। उनीहरूले टर्कीबाट केही इरानीलाई दुबई हुँदै त केहीलाई मलेसिया हुँदै काठमाडौं ल्याउने गरेका छन्। उनीहरूकै सेटिङमा इरानीहरू जाली राहदानीमा काठमाडौं आउने पत्ता लागेको हो।

गृहले सन् २०१८ भरि जाली राहदानीमा नेपाल भित्रिएका १५ इरानी निष्काशन गरेको थियो। ती सबै तेस्रो मुलुकको नक्कली राहदानीमा युरोप छिर्ने प्रयासमा थिए। जाली भिसा र राहदानीमा नेपाल भित्रने इरानीको संख्या बढिरहेको छ। सिरियालीहरू जाली राहदानी र नक्कली भिसामा आउन थालेपछि सरकारले उनीहरूलाई दिँदै आएको अनअराइभल भिसा सुविधा रद्द गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँको अध्यागमन कार्यालयबारे सम्पूर्ण जानकारी लिएका मानव तस्करले इरानीलाई नेपालको बाटो हुँदै युरोप छिराउँदै आएका छन्।

तेहरानलगायत ठाउँमा विभिन्न पेसा व्यवसाय गरेर बसेका अफगानले इरानीलाई जाली राहदानी र नक्कली भिसामा नेपाल ल्याउने र युरोप पठाउने गरेका छन्। उनीहरूले नै युरोप छिर्ने रुट तय गर्छन्। बेलाबेला इरानीहरू भारतबाट समेत आउने गरेका छन्। नेपालमा इरानीको मानव तस्करीका अन्य आयामको अनुसन्धान गर्नुपर्ने देखिएको छ। अफगानले तय गरेको रुटका तस्करले इरानीलाई सम्बन्धित मुलुकमा आगमनका बेला रिसिभ गर्छन्। त्यही विन्दुबाट उनीहरूले इरानीको नयाँ गन्तव्य तय गर्छन्।

पछिल्लो पटक क्रोएसियाको नक्कली राहदानीमा पक्राउ परेका २ इरानीले आफू तेहरानका अफगानको जालमा परेको स्वीकारेका छन्। अध्यागमन विभागको हिरासतमा रहेका २ इरानी (आमाछोरा)ले क्रोएसियाको नक्कली राहदानी दिलाउने, गन्तव्य निर्धारण गर्नेलगायत काम अफगानले गरेको बयान दिएका छन्। नक्कली राहदानी दिलाउने दलाललाई प्रतिव्यक्ति २ हजार अमेरिकी डलर बुझाएको उनीहरूले बयान दिएका छन्।

श्ररुट १ : इरान–टर्की–दुबई–नेपाल–युरोप
रुट २ : इरान–टर्की–मलेसिया–नेपाल–युरोप

तेहरानबाटै अफगानीले सेटिङ गरेका व्यक्तिले मलेसियामा उनीहरूलाई क्रोएसियाको राहदानी दिएका थिए। विभिन्न देशमा सक्रिय तस्करले चीन र भारतको अध्यागमन कडा भएकाले मानव तस्करीका लागि नेपाललाई सहज ठानेका छन्। क्रोएसियाको नक्कली राहदानीमा पक्राउ परेकी जाहरा र उनकी छोरा अमिरमातिन नेपाललाई ट्रान्जिट बनाइ फ्रान्स जाने प्रयासमा थिए। इरानी राहदानीमा तेहरानबाट टर्की हुँदै मलेसिया आएका उनीहरूले माघ १५ मा काठमाडौं ओर्लिएका थिए।

त्रिवि अध्यागमन कर्मचारीले क्रोएसियाको राहदानी नक्कली÷सक्कली छुट्याउन नसक्दा उनीहरूलाई अनअराइभल भिसा दिए। माघ १७ गते फ्रान्स जाने क्रममा त्रिवि अध्यागमन कर्मचारीले क्रोएसियाली राहदानी शंकास्पद भएको भन्दै दुवै जनालाई पक्राउ गरे। काठमाडौंबाट अन्य मुलुक छिर्ने क्रममा अध्यागमनलाई शंका लागे पक्राउ पर्छन् नत्र सहजै जाने गरेका छन्।

अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर सिस्टम नहुँदा आपराधिक गतिविधिमा संलग्न विदेशीलाई सहज हुने गरेको छ। अन अराइभल भिसामा नेपाल आउने र यहाँबाट अर्को राहदानीमा युरोपका विभिन्न देश पुग्ने गरेका छन्। तस्करहरूले बायोमेट्रिक्स सफ्टवेयर भएका कैयौं देशका अध्यागमनबाटै सेटिङ गरी इरानीहरू पठाउने गरेका छन्।

गृह मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाई शंकास्पद यात्रा गर्ने इरानीलगायत विदेशीसँग सोधपुछ र अनुसन्धान गर्ने तयारी थालेको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर राखेपछि सबै समस्या समाधान हुने बताए। ‘कमजोर प्रविधिले पनि विगतमा जाली राहदानीमा विदेशी भित्रिए’, उनले भने, ‘सबै अध्यागमन नाकालाई प्राविधिक दृष्टिकोणबाट अब्बल बनाउने काम भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.