गुडिरहेको बसबाट खसेर एक महिलाको मृत्यु

गुडिरहेको बसबाट खसेर एक महिलाको मृत्यु
सुन्नुहोस्

गुल्मी : गुल्मीमा गुडिरहेको बसबाट खसेर एक महिलाको मृत्यु भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घास सिमलटारी सडकखण्डको धनार्जीमा बसबाट खसेर इस्मा गाउँपालिका-५ रातामाटाकी शान्ति कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। 

बुटवलदेखि अर्खावाङ्ग जाँदै गरेको लु१ख ५७३६ नम्बरको बसबाट खसेर घाइते भएकी ३९ वर्षीय कुमाललाई अस्पतालले मृत घोषणा गरेको हो।

मंगलबार दिउँसो २ बजे धुर्कोट गाउँपालिका-५ धनार्जी उक्त घटना भएको थियो। प्रहरी उपरीक्षक दाहालका अनुसार कुमाल बसबाट ओर्ली भाडाको विषयमा विवाद भएको थियो। महिला गुडिरहेको बसको ढोकामा झुण्डिन खोज्दा खसेर घाइते भएकी थिइन्। बसबाट खसेर घाइते भएकी कुमाललाई उपचारको लागि सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा ल्याएको थियो। 

अस्पातलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अहिले बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.