मैंजुबहालमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मैंजुबहालमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका-७ गौरीघाटको मैंजुबहालमा मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेको प्रहरीले जनाएको छ। बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनामा गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यसैबीच काठमाडौं महानगरपालिका-३० रातोपुल बस्ने इन्दिरा ढकालको घरबाट आज बिहान अन्दाजी एक तोला सुन, १५० तोला चाँदी र नगद रु ३० हजार गरी करिब दुई लाख ५० हजार बराबरको धनमाल चोरी भएको छ। चोरीमा संलग्न व्यक्ति फरार रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.