ईआर, प्लानिङ ब्वाइज, बीडीएफसीए र सशस्त्र प्रहरी क्वार्टरफाइनलमा

ईआर, प्लानिङ ब्वाइज, बीडीएफसीए र सशस्त्र प्रहरी क्वार्टरफाइनलमा

भक्तपुर : ईआर ब्वाइज, प्लानिङ ब्वाइज, भक्तपुर जिल्ला फुटबल क्लव एसोसिएसन (बीडीएफसीए) र सशस्त्र प्रहरीको ९ नम्बर ब्रिगेड भक्तपुरमा जारी दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

भक्तपुरको माहेश्वरी खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा पद्मज्योति ईआर ब्वाइजले नंखेल युथ क्लवलाई २–० गोलले हराएको हो ।

उक्त खेलमा ईआरको लागि विकेश सुवाल र निरोज थापाले एक÷एक गोल गरेका थिए । सुटर्स फुटसलको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत अर्को खेलमा काठमाडौंको प्लानिङ ब्वाइजले ललितपुरको बुङमतीस्थित लक्की स्टारलाई २–० गोलले नै पन्छायो । सुनिल लामाको दुई गोलको मद्दतमा विजेता प्लानिङ ब्वाइज क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।

यस्तै तेस्रो प्रि–क्वार्टरफाइनल खेलमा भक्तपुरको शिव शिखर बीडीएफसीएले काभ्रेको बनेपास्थित बनेपा ब्वाइज क्लवलाई ४–१ गोलले हरायो । विजेता बीडीएफसीएको लागि दिकेश खड्गीले एक, विदेशी खेलाडी मान्साले दुई र रमेश घिसिङले एक गोल गरे ।

बनेपा ब्वाइजको लागि क्रिटिश छुँजूले सान्त्वना एक गोल गरे । प्रतियोगिताअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको ९ नम्बर ब्रिगेडले भक्तपुरको भक्तपुर युथ ट्रेनिङ सेन्टरलाई २–१ गोलले पन्छायो । सशस्त्र प्रहरीको लागि मानबहादुर रानामगर र रामचन्द्र डंगोलले एकएक गोल गरेका थिए ।

यस्तै ट्रेनिङ सेन्टरका लागि जिन्लप तामाङले एक गोल फर्काए । सेन्टरले अन्तिम चार मिनेट बाँकी छँदा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा नतिजा सशस्त्र प्रहरीलाई सुम्पन बाध्य भएको थियो । काठमाडौं उपत्यकासँगै काभ्रेका २४ टीम सहभागी प्रतियोगितामा बुधबार प्रि–क्वार्टरफाइनलका बाँकी चार खेल हुने प्रतियोगिता संयोजक किशोर धुकुछुले जानकारी दिए ।

प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उक्त नगद पुरस्कार निक भुजिकिक हाउजिङ प्रालिले प्रायोजन गरेको उनले बताए । उपविजेताले भने ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । उक्त पुरस्कार हारती माता डेभलपर्स प्रालिले प्रयोजन गरेको सुटर्स फुटसलका अध्यक्ष रमेश सुवालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.