रोल्पामा छैन 'जनयुद्ध' दिवसको रौनकता

रोल्पामा छैन 'जनयुद्ध' दिवसको रौनकता

रोल्पा : २४ औं 'जनयुद्ध' दिवसको रोल्पामा कुनै रौनकता छैन। २०५२ साल फागुन १ गते (आजकै दिन) यहीँबाट जनयुद्ध सुरु भएको थियो। दक्षिणी रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरी तत्कालीन नेकपा माओवादीले दीर्घकालीन जनयुद्ध घोषणा गरेको थियो। त्यहीँ होलेरीमा पनि जनयुद्धको सम्झना दिलाउने कुनै गतिविधिको आयोजना भने गरिएको छैन।

युद्ध अवधिभर फागुन १ गते रोल्पाका जुनकुनै भूभाग, बाटाघाटा र रुखका टुप्पामा राता व्यानर, टुल, हँसिया हथौडा सहितका झण्डा फरफराइरहेका हुन्थे।माओवादी शान्ति प्रक्रियामा आएको दशकसम्म पनि यहाँ जनयुद्ध दिवस भव्य मनाउँथे । तर, पछिल्ला केही वर्ष दिवस फिक्का बन्दै गएको छ। 'जनयुद्ध दिवसका दिन रोल्पा किन सुनसान?', युद्धमा संलग्न पत्रकार मानसिं विकले प्रश्न उठाएका छन्, 'दिवसमा कुनै रौनकता देखिएन्।'

तत्कालीन नेकपा माओवादी केन्द्र विभाजनको श्रृंखलासँगै दिवस मनाउने प्रचलनमा ह्रास आएको छ। पूर्व माओवादी केन्द्र र पूर्व एमालेको एकतापश्चात् माओवादी नै नरहेपछि दिवस मनाउनेको संकट परेको मान्नेहरु पनि छन्। 'जनयुद्ध दिस मनाउने माओवादी पार्टीले हो। माओवादी पार्टी नै विलय भैसकेपछि दिवस कसले मनाउने?' एक शिक्षकले भने।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले भने थबाङमा दिवस विशेष रुपमा मनाउने तयारी गरेको जनाएको छ। सदरमुकाम लिबाङमा पनि दिवसको अवसर पारेर अन्तरक्रिया आयोजना गर्ने नेकपाका नेता टिकाराम नेपालीले जनाए । नेकपाले जनजागरण अभियान गाउँगाउँमा चलाउँदै आएकाले जनताकै बीचमा दिवस मनाउने बताएको छ।

पार्टी एकता भएपनि जिल्ला कमिटी बनिनसकेकाले दिवस आयोजना बारे अन्यौलता रहेको सत्ताधारी नेकपाले जनाएको छ।  नेता हरीप्रसाद घर्तीमगरका अनुसार दिउँसो पूर्व माओवादी केन्द्रका सदरमुकाम लिबाङमा रहेको कार्यालयमा दिवस मनाउने तयारी छ।'पुरानो झण्डा फेर्ने र दिवस मनाउने तयारीमा छौं', नेता घर्तीमगरले भने। सत्ताधारी नेकपाको रोल्पा नगर कमिटीले दिवस मनाउने चाजोपाँजो मिलाइरहेको छ।

विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले थबाङ गाउँको पश्चिम प्रवेशद्वारमा रहेको कम्युनिस्ट नेताका अर्धकद्का मुहारमा नयाँ रंगरोगन गरेको छ। थबाङमा बढी चहलपहल देखिए पनि जिल्लाका अन्य ठाउँमा सुनसान नै छ। कतैकतै कार्यक्रम औपचारिकतामै सीमित देखिएका छन्। युद्धताका सबैभन्दा बढी यहाँ मानवीय क्षति भएको थियो। ९ सय ६९ जनाको ज्यान गएको थियो भने ३३ वेपत्ता छन्। सयौं घाइते, अपांग, टुहरा भएका छन्। 


    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.