मेलम्चीको निर्माणाधीन ट्यांकीमा खसेर ठेकेदारको मृत्यु

मेलम्चीको निर्माणाधीन ट्यांकीमा खसेर ठेकेदारको मृत्यु

ललितपुर : ढोलाहिटीस्थित मेलम्चीको  निर्माणाधीन ट्यांकीमा खसेर एकजना पेटी ठेकेदारको म‌ंगलबार बिहान मृत्यृ भएको छ ।  महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार मृतक पश्चिम चम्पारम १९ भारतका ४९ वर्षीय ईश्वर महतो हुन् । 

खिउजुका अनुसार महतो ट्यांकीमाथि कोरा हालेर मसिनो गर्ने काम भइरहेको हेर्न जाँदा अकस्मात म्यानहोल (ठाउँठाउँमा मान्छे छिर्न राखिएको ठाउँ) मा अल्झेर ट्यांकीभित्र खसेका थिए ।

माथिबाट खसेका उनको घटनास्थलमै टाउको फुटेर मृत्यु भएको हो। 'ट्यांकीको उचाई करिब ६ मिटर अग्लो छ', खिउजुले भने, 'त्यही ट्यांकीमा खसेपछि टाउको फुटेर उनको घटनास्थलमै मृत्यु भएको देखिन्छ ।' 

ट्यांकीबाट खसेका महतोको टाउको फुट्नुका साथै आँखामा रगत जमेको देखिएको थियो । निधार भन्दामाथि चोट देखिएको खिउजुले जानकारी दिए । 

२० वर्षदेखि ढलान र प्लाष्टरको काम गर्ने महतो ढोलाहिटीमा दुई महिना अघि मात्रै आएका थिए । अन्य ठाउँमा काम गरेर ढोलाहिटी आएका उनी ट्यायांकी निर्माण सकेपछि झापा जाने तयारीमा थिए ।

उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ। शव उठाउनुअघि अस्पतालबाट फोरेन्सिक टोली र अपराध महाशाखाका प्रहरी अनुसन्धानका लागि आएका थिए । 

उनका परिवारका सदस्यले यो घटनामा शंका गर्ने अवस्था नरहेको स्वीकार गरेका छन् । उनको शव परिवारले जिम्मा लिइसकेका छन् । ढोलाहिटीस्थित मेलम्ची खानेपानी आयोजनाका प्रतिनिधि मुकुन्द शर्माले यस घटनाको जानकारी नपाएको बताए । 

उनका अनुसार ढोलाहिटीमा ट्यांकी निर्माण भइसकेर फिनिसिङ चलिरहेको छ । उपत्यकाका ११ ठाउँमा मेलम्चीका ठुला ट्याङ्की बनिरहेका छन् । ललितपुरको ढोलाहिटीमा मात्रै दुईवटा ट्याङ्की बनेका छन् । यी ट्यांकीको क्षमता ९५ लाख लिटर रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.