मौराखारा गुरिल्ला म्याराथनको उपाधि गुरुङलाई

मौराखारा गुरिल्ला म्याराथनको उपाधि गुरुङलाई

रुकुमपश्चिम : २४ औं जनयुद्ध दिवसको अवसरमा आयोजित मौराखारा गुरिल्ला म्याराथनको उपाधि गोरखाका भिमबहादुर गुरुङले जितेका छन्। 

रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले गरेको म्याराथनमा गुरुङ ६० प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएका हुन्। उनले निर्धारित २३ किलोमिटरको दुरी तीन ३ घण्टा १८ मिनेटमा पार गरेका थिए।

त्यसैगरी निर्धारित दुरी ३ घण्टा २२ मिनेटमा पार गर्ने सानीभेरी गाउँपालिकां ३ गरायला तिमिलेका अर्जुन वस्नेत दोस्रो तथा जिल्लाको मुसीकोट नगरपालिकाका ७ साँखका दुर्गाराज बुढा तेस्रो भएका छन्। 

बुढाले निर्धारित दुरी ३ घण्टा २४ मिनेटमा पुरा गरेका थिए। त्यस्तै ३ घण्टा २८ मिनेटमा दौड पुरा गरेका प्युठानका दामोदर बुढामगर चौथो भए। 

प्रतियोगिताका विजेतालाई ६० हजार नगद, उप विजेतालाई ४५ हजार नगद तथा तेस्रा हुनेलाई ३५ हजार नगद र शान्त्वना हुनेलाई १० हजार नगद साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

त्यस्तै उत्कृष्ट १० खेलाडीलाई आयोजकले सम्मान गरिएको थियो। प्रतियोगितामा रुकुम पश्चिमसहित गोरखा, प्युठान र रोल्पा जिल्लाका जम्मा ६१ जना धावकले सहभागिता जनाएका थिए। 

तत्कालीन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा माओवादी लडाकु (गुरिल्ला)ले हिडेको बाटोलाई आधार मानेर यो ‘म्याराथन’ संचालन गरिएको गाउँपालिका अध्यक्ष नगरबहादुर पुनले जानकारी दिए। 

सानीभेरी गाउँपालिकाको कार्यालय सिम्लीबाट सुरु हुने प्रतियोगिता मौराखारा, चाख्लेमेला, रिम्ना दोभान, जाजरकोटको रिम्ना हुँदै सोही ठाउँमा पुगेर समाप्त भएको थियो। हरेक वर्ष जनयुद्ध दिवसको अवसरमा संञ्चालन हुने यो प्रतियोगिता यसपल्ट दोस्रो पटक आयोजना गरिएको हो। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.