डीपीएल क्रिकेटमा महेन्द्रनगर र विराटनगरले अंक बाँडे

डीपीएल क्रिकेटमा महेन्द्रनगर र विराटनगरले अंक बाँडे

धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणमा रूपन्देही च्यालेन्जर्सलाई पहिलो हार चखाउँदै सीवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ। बिहीबारको खेलमा अत्तरियाले रूपन्देहीलाई ३९ रनले पराजित गर्‍यो। अत्तरियाको लगातार दोस्रो जित हो। रूपन्देहीको भने पहिलो हार हो।

टस जितेर ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २१ रन बनायो। अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रन जोडे। ५० बल खेलेका उनले १० चौका र एक छक्का प्रहार गरे। रीत गौतम, सुवेन्दु पाण्डे र सन्नी पटेलले समान १२ रन बनाए। रूपन्देहीका ललितसिंह भण्डारीले तीन विकेट लिए। यस्तै विक्रम सोबले दुई तथा कप्तान वसन्त रेग्मी र पुनित मेहराले एकएक विकेट हात पारे।

जवाफी ब्याटिङ गरेको रूपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो। रूपन्देहीका सुमित महर्जनले २२ रन बनाए। यस्तै प्रदीप ऐरी १४, सन्दीप सुनार १५, विनोद भण्डारी १०, विक्रम सोवले १४ रन बनाए। भीम सार्की, वसन्त रेग्मी र ललितसिंह भण्डारीले एक रन मात्र बनाउन सके। अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दीपन्द्रसिंह ऐरी र देवेन्द्र रावतले दुईदुई विकेट लिए।

बिहीबार नै भएको अर्को खेलमा विराटनगर किङ्स र महेन्द्रनगर युनाइटेडबीचको खेल भने वर्षाका कारण रद्द भएको छ। टस जितेको विराटनगरले १८.३ ओभरमा सात विकेट गुमाएर ८२ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि पनि निरन्तर वर्षा भएपछि खेल रद्द गरिएको हो। विराटनगर र महेन्द्रनगरले एकएक अंक बाँडेका छन्। विराटनगरले तीन खेलबाट तीन अंक जोडेको छ। पहिलो दुई खेल हारेको महेन्द्रनगरले एक अंक बनाएको छ।

अत्तरिया शीर्ष स्थानमा

डीपीएलको अंकतालिकामा सीवाईसी अत्तरिया शीर्ष स्थानमा छ। आफूले खेलेका दुवै खेलमा जित निकालेको अत्तरिया चार अंकसहित पहिलो स्थानमा छ। अपराजित काठमाडौं गोल्डेन्से दोस्रो स्थानमा छ।

काठमाडौंको पनि चार अंक रहे पनि रनरेटमा काठमाडौं दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको रूपन्देही च्यालेन्जर्सले तीन खेलमा दुई खेलमा जित निकालेको छ भने एक खेलमा हार बेहोरेको छ। रूपन्देही चार अंक लिएर तेस्रो स्थानमा छ।

चौथो स्थानमा रहेको विराटनगरको तीन अंक छ। उसले तीन खेलमध्ये एकमा जित एकमा हार बेहोर्दा एक खेलमा भने अंक बाँडेको छ। पाँचौं स्थानमा महेन्द्रनगर युनाइटेड छ। दुई खेलमा जित निकाल्न नसकेको महेन्द्रनगरको एक अंक छ। तालिकाको पुछारमा रहेको धनगढी स्टार्सले तीनवटै खेलमा हार बेहोरेको छ।

हेर्नुस् फोटोहरूः

खेल हेर्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.