जाजरकोटमा निशुल्क स्वास्थ्य शिविर‍, मुटुका रोगी धेरै

जाजरकोटमा निशुल्क स्वास्थ्य शिविर‍, मुटुका रोगी धेरै

जाजरकोट : जाजरकोटमा मुटुसम्बन्धी समस्या बढेको पाइएको छ। शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको आयोजना र जयन्ती स्मृति ट्रष्ट तथा सम्मान फाउन्डेसन काठमाडौंको सहयोगमा जाजरकोट अस्पतालमा संचालित निशुल्क मुटुरोग शिविरमा मुटु रोगका धेरै बिरामी भेटिएका हुन्। 

शहिद गंगालाल हृदयरोग केन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. रवि मल्लको नेतृत्वमा आएको चिकित्सकको टोलीले बिहीबार जाजरकोट अस्पतालमा ८ सय ४२ जनाले मुटु परीक्षण गराएका थिए। तीन सय १० जनाको ईको र चार सय ५० जनाले इसिजी गराएका थिए।

परीक्षण गराएकामध्य करिब १ सय जनामा मुटुसम्बन्धी समस्या देखिएको बरिष्ठ मुटुरोग विशेषज्ञ डा. मल्लले बताए। मुटु रोगको जटिल समस्या भएका २४ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। भल्भ फेर्नु पर्ने ४ जना, बाथ मुटु रोगी ४ जना, मुटुमा प्वाल ( युएसडी ) भएका ६ जना, मुटुमा प्वाल ( एएस्डी ) भएका ४ जना , पेसमेकर एक जना, टीएटी एक जना, एन्जियोग्राम दुई जना , पत्ता नलागेर थप परीक्षण गर्नु पर्ने दुई जना गरी २४ जनालाई रिफर गरिएको डा. मल्लले बताए।

परिक्षणका क्रममा धेरैजसो मानिसमा मुटु रोगको समस्या देखियो बरिष्ठ मुटुरोग विशेषज्ञ डा. मल्लले जानकारी दिए।उनले यति धेरै बिरामी एकै पटक थप उपचारका लागि रेफर गरिएको पहिलो घटना भएको बताए।

हामी देशका विभिन्न ठाउँमा पटक पटक शिविर गरिरहन्छौ तर एकै पटक यति धेरै बिरामी रेफर हुनु दुःखको कुरा भएको उनले बताए। विशेषज्ञ सेवा नपाएका नागरिकलाई दुर्गममै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको जयन्ती स्मृति ट्रस्टकी उर्मिला खनालले बताइन्।

रिफर गरिएका बिरामीको शहिद गंगालाल हृदयरोग केन्द्रमा निशुल्क उपचारको व्यवस्था मिलाइने छ भने बिरामी र एक जना कुरुवालाई आतेजाते सहितको व्यवस्था समेत मिलाइने खनालले जानकारी दिइन्।

आर्थिक रुपमा विपन्न नागरिक जसको उपचारमा पहुँच पुग्दैन त्यस्ता बिरामीका लागि शिविर निकै लाभदायी भएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए। शिविर संचालनका लागी जिल्लाका विभिन्न गाँउ तथा नगरपालिका, रेडक्रस, त्रिभुवन मावि, हर्ट फाउन्डेसनलगायतले सहयोग गरेका थिए।

वीर अस्पतालमा कार्यरत डा. विभान्त शाहले, गरिबी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहार, बिहारको सन्तुलन नमिल्नु लगायतका कारण मुटु रोग देखा पर्ने गरेको बताए। बालबालिकामा टनसिल अर्थात घाँटीको समस्या देखा परेको बेला समयमा उपचार नगरे मुटुको भल्भमा समस्या देखिने उनको भनाई छ ।

मध्य भागको छाती दुख्ने, हिड्दा धेरै स्वाँस्वाँ हुने, मुटु हल्लिने, खुट्टा सुन्निने, जोर्नी दुख्ने, बाथ ज्वरो, खकारमा रगत देखापर्ने लगायतका लक्ष्यण देखिए मुटुरोग हुन सक्छ । यस्तो लक्ष्यण देखिए तत्काल मुटु परिक्षण गराउन डा.शाहको सुझाव छ। उनले नियमित व्यायाम गर्ने, रक्सी चुरोट, गट्खा नखाने, धेरै गुलियो, नुनिलो नखाने, नियमित स्वास्थ्य परिक्षण गर्ने हरियो सागपात र फलफुल खाने, गेडागुडी, अण्डा लगायतका प्रोटिन युक्त खाना खाने गरे मुटुरोगबाट बच्न सकिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.