सुपारीसहित चार पक्राउ
![सुपारीसहित चार पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested-women_20181105061848_UIh8KjXfnw.jpg)
विराटनगर : नेपालबाट भारततर्फ सुपरी तस्करी गर्दै गर्दा शुक्रबार चार जना महिला विराटनगरबाट पक्राउ परेका छन्।
भन्सार छली गरेर सुपारी लैजाँदै गरेको अवस्थामा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीय रसिदा खातुन र २७ वर्षीया जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।
पक्राउ परेकाको साथबाट प्रहरीले १५ किलो सुपारी बरामद गरेको छ। श्रेष्ठले पक्राउ परेका सबै महिला सुपारी तस्करी गर्ने भरिया भएको बताए। पक्राउ परेकालाई बरामद गरिएको सुपारीसहित कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)