विप्लव नेतृत्वको नेकपाले गर्यो प्यूठान बन्द, जनजीवन प्रभावित
प्यूठान : विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आव्हान गरेको प्यूठान बन्दले जनजीवन प्रभावित भएको छ। जिल्ला सदस्य तथा यूवा संगठन प्यूठानका अध्यक्ष बामबहादुर बुढामगरलाई विनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आइतबारबाट अनिश्चित बन्दको घोषणा गरेको हो।
जिल्ला सेक्रेटरी अजय जिएमले प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चतकालिन यातायात बन्दको घोषणा गरेका छन्। बुढामगरलाई माण्डवी गाउँपालिका–३ नयाँगाउँबाट प्रहरीले बिहीबार गिरफ्तार गरेको नेकपाले जनाएको छ।
सार्वजनिक यातायात ठप्प भएपछि जिल्लाबाट लामो तथा छोटो दुरीमा निस्किएका यात्रुहरु अलपत्र परेका छन्। नीजि सवारी फाट्टफुट्ट मात्र चलेका छन्। बन्दले विजुवारस्थित खेलकुद मैदानमा जारी प्यूठान महोत्सव समेत प्रभावित भएको छ।
विज्ञप्ति हेर्नुहोस्...

प्रतिक्रिया दिनुहोस !