ओली, प्रचण्ड, देउवा र गच्छदार राष्ट्रपति भेट्न सुटुक्क शीतल निवासमा

ओली, प्रचण्ड, देउवा र गच्छदार राष्ट्रपति भेट्न सुटुक्क शीतल निवासमा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आइतबार साँझ शीर्ष नेता शीतल निवासमा पुगेका छन्। साँझ पाँच बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति निवासमा पुगेका हुन्। 

नेताहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको शीतल निवास स्रोतले जानकारी दिएको छ। राष्ट्रपति भण्डारीको निमन्त्रणामा सत्तापक्षका दुई र प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेता शीतल निवास पुगेका हुन्। 

राष्ट्रपतिको निमन्त्रणामा सभापति देउवा शीतल निवासमा गएको उनका सहयोगी भानु देउवाले पुष्टि गरे। ‘राष्ट्रपतिसँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ’, उनले भने। 

यता बालुवाटार स्रोतले समेत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताएको छ। राष्ट्रपति र प्रधानमन्त्रीका सचिवालयले छलफलका विषय खुलाउन चाहेनन्।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.