जाजरकोटमा सिर्जना उत्सव

जाजरकोटमा सिर्जना उत्सव

जाजरकोट :

‘सहरका भित्ता र अखबारका पानामा

समृद्धिका पोस्टर टाँसेर

मेरो देश सुखी बन्ने सपना देखिरहेको छ,

महँगी, सिन्डिकेट र बिचौलिया राजमा

सडकका खाल्डाखुल्डी लड्दै, मेरो देश पानीजहाजको यात्रा थालिरहेछ,

बलात्कार, हत्या र भ्रष्टाचारमा सिंगो उचाइ नापी रहेको

मेरो देश रेल चढ्ने आकांक्षा साँचिरहेछ।’

कवि तथा लेखनाथ साहित्य प्रतिष्ठान जाजरकोटका अध्यक्ष हरि सन्दर्भले जाजरकोट खलंगामा आयोजित सिर्जना उत्सवमा यो व्यंग्यात्मक कवितावाचन गरिरहँदा आगन्तुक सबै मन्त्रमुग्ध भएर श्रवण गरिरहेका थिए। सधैं विकास निर्माण, सुशासन र राजनीतिक भाषण सुनेर दिक्क भएका जिल्लावासीले कविताको रसपान गरे।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठान नेपालको आयोजना र जिल्ला समन्वय समिति जाजरकोटको संयुक्त आयोजनामा जाजरकोट सदरमुकाम खलंगामा कला साहित्य यात्रा २०७५ अन्तर्गत आयोजना गरिएको कवितावाचनसहितको सिर्जना उत्सवमा स्थानीय र राजधानीबाट आएका कविले कवितावाचन गरेका छन्। साहित्यिक माहोल सिर्जन गर्न तथा मोफसल र राजधानीका साहित्यकारबीच आत्मीयता बढाउन आयोजित सिर्जना उत्सवले जाजरकोट साहित्यमय भएको छ।

देश तथा विदेशका विभिन्न भागमा साहित्य यात्रा गर्दै आएको नेपाली कला साहित्य डटकमले नेपाली कलासंस्कृति संवर्द्धननर प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको जनाएको छ। जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको सिर्जना उत्सवमा विभिन्न जिल्लाका साहित्यकारको जमघट भयो। जाजरकोटमा आयोजित सिर्जना उत्सवमा सद्भाव र सिर्जना मेरो राष्ट्र मेरो ध्येय भन्ने नाराका साथ कवि गोष्ठी भएको हो। कार्यक्रममा २० हजार राशिको गे्रगोरी साहित्य पुरस्कार २०७५ जाजरकोटका साहित्यकार पूर्णसमिर महतारालाई प्रदान गरियो। साहित्यकार सरुभक्तले नगद, ताम्रापत्र र खादा ओढाएर स्रष्टा महतारालाई पुरस्कृति गरेका हुन्।

कार्यक्रममा आख्यानकार सरुभक्त, नाटककार अशेष मल्ल, साहित्यकार तथा कवि डा. विमल कोइराला, कविहरू फूलमान वल, अमर शाह, मोमिला जोशी, मणि लोहनी, ठाकुर बेल्वासे, हरिप्रसाद मानासांगी, अनिता कोइराला, युवराज नयाँघरे, आश्विनी कोइराला, शकुन्तला जोशी, जंब चौहान, सुलोचना मानन्धरलगायतका साहित्यकारले कवितावाचन गरेका थिए। त्यस्तै टुकमाया घर्ती, पूर्णसमिर महतारा, हरि सन्दर्भ, जनक सम्वेदक, नेहा केसी, अच्युतप्रसाद शर्मा, सुनिता शर्मा, बालकुमार शर्मालगायतका स्थानीय स्रष्टाले कार्यक्रममा सहभागिता जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.