सुदूरपश्चिम प्रदेश प्रमुख मल्ल आईसीयूमा

सुदूरपश्चिम प्रदेश प्रमुख मल्ल आईसीयूमा

धनगढी : सूदुरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल विरामी भएपछि उनलाई आइतबार राति काठमाण्डौं लगिएको छ । ज्वरो आएपछि प्रदेश प्रमुख मल्ललाई आइतबार बेलुकी धनगढीको निसर्ग अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । 

प्रदेश प्रमुखको फोक्सो र रगतमा इन्फेक्सन देखिएको निसर्ग अस्पतालका चिकित्सक वरिष्ठ फिजिसियन डाक्टर विजय केसीले बताए। उनले प्रदेश प्रमुखको प्रतिरक्षा शक्ति कमजोर भइ  निमोनिया पनि देखिएकाले काठमाडौं रेफर गरिएको बताए ।

प्रदेश प्रमुख मल्ललाई नेपाली सेनाको नाइटभिजन हेलिकप्टरले गएराति डेढ बजे नै काठमाडौं लगेको छ । राति धनगढी एयरपोर्टमा अवतरण भएको हेलिकप्टरले आज विहान साढे तीन बजे काठमाडौं पुर्‍याएको प्रदेश प्रमुख मल्लका स्वकीय सचिव धन सिंहले जानकारी दिए ।

प्रदेश प्रमुख मल्लको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । नेपाल प्रहरीको अस्पतालमा पनि सघन उपचार कक्षमै मल्लको उपचार भइरहेको छ । चिकित्सकहरुले उनको छातीमा इन्फेक्सन देखिएको तर अवस्था चिन्ताजनक नरहेको बताएको स्वकीय सचिव धनसिंहले बताए । प्रदेश प्रमुखका साथमा श्रीमती सरिता मल्ल पनि काठमाडौँ गएकी छिन । 
प्रदेश प्रमुख मल्लका एक मात्र छोरा दीक्षान्त मल्ल पोखराका होटल व्यवसायी हुन । उनी सोमबार काठमाडौँ पुग्ने बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.