डीपीएल : काठमाडौँ, रुपन्देही, अत्तरिया र महेन्द्रनगर प्ले अफमा

डीपीएल : काठमाडौँ, रुपन्देही, अत्तरिया र महेन्द्रनगर प्ले अफमा

धनगढी  : धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुग्ने टिमको टुङ्गो लागेको छ । सोमबार भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो ।अपराजित रहेको काठमाडौँ ७ अंकसहित शीर्ष स्थानमा रहँदा सिवाईसी अत्तरीया दोस्रो स्थानमा रहेको छ । 

समान ६ अङ्क भए पनि रुपन्देही च्यालेन्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सको समान चार अङ्क भए पनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ । पहिलो स्थानमा रहेको काठमाडौँ र दोस्रो स्थानमा रहेको सिवाईसी अत्तरीयाबीचको खेल हुन बाँकी छ । 

त्यसले पहिलो र दोस्रो स्थानमा रहने टिमको टुङ्गो लाग्नेछ । सोमबारको दोस्रो खेलमा सीवाइसी अत्तरिया विराटनगरलाई हराउँदै प्लेअफमा पुगेको छ । विराटनगर किङ्सलाई १० रनले हराउँदै अत्तरीया प्लेअफमा पुगेको हो । आफूसँगै महेन्द्रनगर युनाईटेडलाई पनि अत्तरियाले जित हात पार्दै प्लेअफमा पुगाएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर १४८ रन बनायो । अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जय किशन कोल्शावालाले अर्धशतकीय इनिङस खेले । विस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए । 

३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा २ छक्का र ३ चौका प्रहार गरे । सन्नी डीपीएलमा अर्ध शतक पुरा गर्ने पाँचौँ खेलाडी समेत बने । 

यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । डीपीएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए । 

विराटनगरका सुशासन भारी र संसद् शेखले समान १÷१ विकेट लिए । फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउँदा पृथु बास्कोटाले २७ रन जोडे । 

अभिनाश यादवले १४, असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए । अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान ३-३ विकेट लिए ।

सोमबार भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । 

पहिलो खेलमा साबिकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो । धनगढी भने जितविहीन भएर तेस्रो संस्करणबाट बाहिरिएको छ । वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो । 
हुस्सुको कारण ढिला सुरु हुँदा १५ ओभरको खेल मात्रै खेलाइएको थियो ।

रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । यस्तै विनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा विक्रम शोवले ११ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान २-२ विकेट लिए । 

रुपन्देहीले दिएको १०७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले ११ रन जोड्दा सन्दीप रजालीले १० रन बनाए । 

धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा विक्रम सोवले २ विकेट लिए । जितसँगै रुपन्देहीले ५ खेलबाट ६ अङ्क जोडेको छ । रुपन्देही अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । साबिकको विजेता धनगढी भने जित विहीन बन्दै घर फर्किएको छ । धनगढीले ५ खेलमा मात्र १ अङ्क जोड्न सक्यो । अघिल्ला दुई संस्करणको विजेता धनगढी पहिलो पटक प्ले अफ नपुग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.