डीपीएल क्रिकेट : अत्तरियाले काठमाडौंसँग क्वालिफायर खेल्ने

डीपीएल क्रिकेट : अत्तरियाले काठमाडौंसँग क्वालिफायर खेल्ने

धनगढी : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका लिग चरणका खेलहरू सकिएका छन्। लिग चरणको अन्तिम खेलमा जित हात पार्दै सीवाईसी अत्तरिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अत्तरियाले अब दोस्रो स्थानमा रहेको काठमाडौं गोल्डेन्ससँग क्वालिफायर खेल्ने छ। लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई सात विकेटले हराउँदै अत्तरिया तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। अत्तरिया र काठमाडौंले बुधबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन्।

पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो स्थानमा रहेको महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अलआउट हुँदै ७५ रन मात्र बनाउन सक्यो। काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन जोडे।

यस्तै योगेन्द्रसिंह कार्कीले १३ तथा अंकित दवासले १० रन बनाए। काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए। यस्तै रामनरेश गिरीले दुई विकेट हात पारे।

७६ रनको लक्ष्य अत्तरियाले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। अत्तरियाका जयकिशन कोल्शावालाले सर्वाधिक ३३ रनको योगदान दिए। यस्तै कप्तान दीपेन्द्र ऐरीले अविजित २० रन बनाए।

यू–१९ टोलीलाई दक्षिण अफ्रिका भ्रमण

डीपीएलको उत्कृष्ट यू–१९ क्रिकेट टोलीलाई दक्षिण अफ्रिका भ्रमण गराउने घोषणा गरिएको छ। आयोजक धनगढी क्रिकेट एकेडमीले सम्मेलन गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू–१९ खेलाडी सम्मलित टिम डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमण गर्ने जानकारी दिइएको हो।

डीपीएलले स्पोर्ट्स एडसँगको सहकार्यमा १४ खेलाडी रहने डीपीएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको भ्रमण गराउने जनाएको छ। त्यसका लागि ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ।

१४ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डीपीएलले बेहोर्ने एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए।

डीपीएल इमर्जिङ स्टार्सले दशैंपछि दुई साताका लागि दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ। इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसँग ५० ओभर र दुईदिवसीय क्रिकेट खेल्नेछ।

दक्षिण अफ्रिका भ्रमणका लागि आगामी आइतबार इमर्जिङ स्टार्स टोलीको घोषणा गरिने आयोजकले जनाएको छ। भ्रमण दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप क्रिकेटको तयारी समेत हुन सक्ने स्पोर्ट्स एडका अविशेक केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.