‘भ्रष्टाचारीलाई छाड्दैनौँ, निर्मलाका हत्यारा समात्छौँ’

‘भ्रष्टाचारीलाई छाड्दैनौँ, निर्मलाका हत्यारा समात्छौँ’

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । सुदूरपश्चिम प्रदेशको संसदलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन ।

‘त्यान्द्रो समात्दै गएको त अख्तियारमै पुगेछ’ ओलीले संसदमा भने,  ‘तपाईँहरु पनि भ्रष्टाचार नियन्त्रणमा लाग्नुस ।’ उनले अख्तियारका आयुक्तले राजीनामा दिए पनि कारबाही हुने बताए ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिले इमान्दार भएर काम गरे अर्को वर्ष जनताले अनुभूत हुने खालको विकास पाउने बताए । 

प्रधानमन्त्री ओलीले नेपालको संघीयता अरु देशको भन्दा फरक रहेको बताए । नयाँ व्यवस्था भएकाले गएको एक वर्ष आधार वर्षका रुपमा बितेपनि संघीयता र लोकतन्त्रको जग बसेको उनको दाबी थियो ।

प्रदेश सभा संसदमा २ घण्टा ३ मिनेट बोलेका प्रधानमन्त्री ओलीले अबको एक वर्षमा जनताले अनुभूति हुने खालका काम हुने दाबी गरे । उनले निर्मलाका हत्यारा पत्या लगाई छाड्ने बताए । ‘निर्मलाका हत्यारालाई सरकारले पत्ता लगाउँछ’, उनले भने, ‘त्यसमा गहिरो अनुसन्धान भइरहेको छ ।’

सुदूरपश्चिम सम्भावनको खानी भएकाले यसको विकासमा प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि नै लाग्नुपर्ने उनको भनाई थियो । आफुले गरेका कामको फेहरिस्त बोकेर आएका प्रम ओलीले भने ‘अर्को वर्ष तपाईँहरु पनि यस्तै हिसाबकिताब बोकेर आउनु होला ।’

संसद्मा सम्बोधनपछि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले धनगढीमै कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ । हलमा नअटाउने भएपनि खुलामञ्चमा त्रिपाल टाँगेर नेकपाको कार्यकर्ता भेला भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.