रक्सीको बोत्तलसहित सडकमै डाक्टरको तमासा !

रक्सीको बोत्तलसहित सडकमै डाक्टरको तमासा !

धनगढी :  ई-रिक्सामा सवार भएर धनगढी बजारको सडकमा मदिरा पिउँदै हल्ला गरेको आरोपमा प्रहरीले दुई भारतीय डाक्टरसहित तीनजनालाई पक्राउ गरेको छ ।

धनगढीको मिलनचोक क्षेत्रमा मदिराको बोत्तलसहित हो-हल्ला गर्दै हिँडेका भारतको लखिमपुरका दुईजना डाक्टर र एकजना फर्मासिष्टलाई पक्रेर प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

भारतमा आइतवार सार्वजनिक विदा दिने गरिएको छ । सार्वजनिक विदाको दिन पारेर फागुन ५ गते भारतको लखिमपुर जिल्लास्थित बाँकेगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रका मुख्य चिकित्सक डाक्टर सुशील कुमार, अर्का डाक्टर सामन्त राखम र फर्मासिष्ट धर्मबीरले मदिरासहित उपद्रो मच्चाएका थिए । त्यही क्रममा राति ११ बजे धनगढीको मिलनचोक क्षेत्रबा प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको हो ।

उनीहरुसँगै धनगढी उपमहानगरपालिका–२ का ई–रिक्सा चालक हेम खत्री र त्यही ठाउँका सन्तोषबहादुर साउदलाई पनि पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिसिंह ओलीले बताए । उनीहरुले पनि मदिरा पिएको प्रहरीले जनाएको छ । 

भारतमा आइतबार छ्ट्टी हुने भएकाले तीनैजना नेपाल घुम्न आएका थिए । त्यही क्रममा ई–रिक्सामा चढेर मदिराको बोतल नै हातमा बोेकेर हल्ला गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेको डिएसपी ओलीले बताए । सडकमा मदिराको बोत्तलसहित हल्ला गरेका यी डाक्टरले मिलनचोककै डान्सबारमा पसेर लफडा गरेका थिए । 

दुई चिकित्सक र एक फार्मासिष्टलाई नेपालमा पक्राउ गरि मुद्दा चलाएपछि उनीहरु कार्यरत अस्पतालको सेवा बन्द भएको बताइएको छ । नेपाल प्रहरीले, जिल्ला प्रहरी कार्यालय कैलालीबाट उनीहरुलाई ७ दिनको म्याद थपेको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐन अनुसार २५ दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.