महेन्द्रनगर डीपीएलको दोस्रो क्वालिफायरमा

महेन्द्रनगर डीपीएलको दोस्रो क्वालिफायरमा

धनगढी : महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। समूह चरणमा बेहोरेको हारको बदला लिँदै शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर बिहीबार भएको इलिमिनेटरमा रूपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायरमा पुगेको हो। समूह चरणमा महेन्द्रनगर रूपन्देहीसँग दुई रनले पराजित भएको थियो।

महेन्द्रनगरले वसन्त रेग्मीको कप्तानीमा रहेको रूपन्देही च्यालेन्जर्समाथि एक रनको सनसनीपूर्ण जित निकालेको हो। महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सको सामना गर्नेछ। विजेताले शनिबार हुने फाइनलमा सीवाईसी अत्तरियासँग प्रतिस्पर्धा गर्नेछ। रूपन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १५ रन बनायो। खराब सुरुआत गरेको महेन्द्रनगरका लागि कप्तान शरद भेषावकरले अविजित २९ रन जोडे। शरदले सातौं विकेटका लागि अमरसिंह रौटेलासँग मिलेर ४९ रनको साझेदारी गर्दै टोलीको पाली समालेका थिए।

अमर १९ रनमा पेभेलियन फर्किए। यस्तै आनन्द सुब्रमन्युले २० रन जोड्दा मोहमद नाभिदले १८ रन बनाए। अविनाश बोहोरा र आरिफ शेख समान ११ रन जोडे। रूपन्देहीका ललित भण्डारी एक्लैले चार विकेट लिए। यस्तै पुनित मेहराले तीन तथा कप्तान वसन्त रेग्मीले एक विकेट लिए।

महेन्द्रनगरले दिएको एक सय १६ रनको पछ्याएको रूपन्देहीले २० ओभरमा नौ विकेट गुमाएर एक सय १४ रन मात्र बनाउन सक्यो। रोमाञ्चक बनेको खेलमा अन्तिम ओभरमा रूपन्देहीलाई जितका लागि पाँच रनको आवश्यकता थियो।

महेन्द्रनगरका अविनाश बोहराले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै टोलीलाई जित दिलाए। अविनाशले अन्तिम ओभरमा दुई रनआउटसहित तीन विकेट लिए।

रूपन्देहीका लागि प्रदीपसिंह ऐरी र बाबर हयातले समान २८ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै विनोद भण्डारी २३ रन र सन्दीप सुनारले १४ रन बनाए। महेन्द्रनगरका अविनाश बोहराले दुई विकेट लिए। प्रतियोगितामा महेन्द्रनगर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो। यस्तै रूपन्देही तेस्रो स्थानमा रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.