अमेरिकामा रहेका जोशीले धनगढीको स्कुललाई दिए ७० लाख

अमेरिकामा रहेका जोशीले धनगढीको स्कुललाई दिए ७० लाख

धनगढी : सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा जन्मेर नेपालबाटै उच्च शिक्षा हाँसिल गरी अमेरिकामा बसिरहेका डाक्टर तुलसीराम जोशीले कैलाली जिल्लाको धनगढीमा रहेको राष्ट्रिय माविलाई ७० लाख रकम दान गरेका छन्। 

आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भनेर आफूले विद्यालयलाई उक्त रकम दान गरेको उनले बताए। 'मेरी आमा छैनन्, नेपाल आमालाई सहयोग गर्नुपर्छ भनेर सरकारी स्कुललाई चयन गरेको हुँ,' उनले भने।उनले विदेशमा बस्ने हरेक नेपालीले नेपालका लागि सहयोग गर्नुपर्ने बताए। 

आर्थिक अवस्था कमजोर रहेको राष्ट्रिय माविमा उक्त रकमको अक्षयकोष स्थापना गरेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती दिइने छ। ७० लाख दान गरेपछि विद्यालयको नाम पनि परिवर्तन गरी राष्ट्रिय तुल्सीराम मावि राखिएको छ। 

विद्यालयले डाक्टर जोशीको सम्मानमा बिहीबार धनगढीमा र्‍यालीको आयोजना गरी उनलाई रथयात्रा गरिएको छ।'भारतको लखनउबाट बग्गीमा राखेर उनको रथयात्रा गरेका हौं,' विद्यालयका प्रधानाध्यापक गणेशराज भट्टले भने।

विद्यालयको वार्षिकोत्सवको अवसर पारेर गरिएको जोशीको सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्ट प्रमुख अथिति थिए। मुख्यमन्त्रीका दुई छोरी पनि त्यस स्कुलमा पढिरहेका छन्।

'म सुदूरपश्चिमको मुख्यमन्त्री मात्रै होइन, यो विद्यालयको अभिभावक पनि हुँ, मेरा दुई छोरी यसै विद्यालयमा पढिरहेका छन्, यसरी एउटा सरकारी स्कुललाई गरिएको दानको म धन्यबाद दिन चाहन्छु', मुख्यमन्त्री भट्टले भने। उनले अहिले सरकारी स्कुलको स्तर खस्किरहेकाले त्यसलाई सुधार गर्नका लागि नयाँ ऐन ल्याउने तयारी भइरहेको बताए।

'शिक्षक सरकारीमा पढाउँछन्, तर उनका छोराछोरी नीजि स्कुलमा पढिरहेका छन्, जसरी म धकफुलाएर भनिरहेको छु कि म यो विद्यालयको अभिभावक हुँ, त्यसैगरी हरेक जनप्रतिनिधिले, हरेक शिक्षकले भनूनकी मेरा छोराछोरी पनि सरकारीमा पढिरहेका छन्' मुख्यमन्त्री भट्टले भने।


उनले सरकारी विद्यालयमा पढाउने शिक्षकका छोराछोरी, जनप्रतिनिधिका छोराछोरी नीजिमा पढिरहेका बेला अभिभावकले त्यसको निगरानी गर्नुपर्ने बताए। 'म अभिभावकलाई पनि आग्रह गर्छु, तपाईहरु

राष्ट्रिय तुल्सीराम मावि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गौरी लामाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद नारदमुनी राना, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडसहितले डाक्टर

निगरानी गर्नुस्, कुन शिक्षकका छोराछोरी नीजिमा पढिरहेका छन्, कुन जनप्रतिनिधिका छोराछोरी नीजिमा पढिरहेका छन्,' मुख्यमन्त्री भट्टले भने। तुल्सीराम जोशीलाई धन्यबाद दिएका थिए। जोशी र उनकी पत्नी तथा छोरीलाई मुख्यमन्त्री भट्टले कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.