अघिअघि जन्तीको नाचगान, पछिपछि सशस्त्रको स्कर्टिङ

अघिअघि जन्तीको नाचगान, पछिपछि सशस्त्रको स्कर्टिङ

धनगढी : जनप्रतिनिधिहरुले सरकारी गाडीको दुरुपयोग गरिरहेका बेला सशस्त्र प्रहरीका एकजना अधिकृतले पनि आफ्नो स्कर्टिङको गाडी आफन्तको बिहेमा लगाएका छन् । सशस्त्र प्रहरीका एसपी प्रदीप पालले हतियारसहितका जवान राखेर कार्यालयको गाडी आफन्तको बिहेमा लगेका हुन् । 

ना १ झ १४९७ नम्बरको साइरनसहितको सरकारी स्कारपियो पिकअप धनगढीको चौराहादेखि झण्डै डेढ किलोमिटर दुरीको ओम प्यालेससम्म नाचिरहेका जन्तीको पछिपछि हिँडेको देखेपछि पत्रकारको नजरमा परेको थियो । 

सरकारी सम्पत्ति निजी काममा प्रयोग गर्न नपाइने सरकारी नियम छ । पिकअप गाडीको पछाडि हतियारसहितका दुईजना जवान राखेर गाडीको अगाडिको सिटमा एसपीका बालबच्चासहितका आफन्त जन्ती गएका देखेपछि पत्रकारले पिछा गरेका थिए । 

काठमाडौं गोल्डेन्सको क्रिकेट टिमले डीपीएल वहिष्कार गरेपछि आयोजित पत्रकार सम्मेलनमा गइरहेको पत्रकारको टोलीले देखेपछि उक्त गाडी विवाहको लस्कर छोडेर ओम प्यालेसतिर हुइँकिएको थियो । 

बैतडीका पुर्व डिएसपीका छोरा रुपेश चन्दको विवाहमा एसपी पाल पनि सहभागी थिए । उनले गाडी मर्मतका लागि ल्याइएको बताउँदै जन्तीका कारण जाममा परेको भन्दै ढाँट्न खोजेका थिए । तर उक्त गाडी चौराहादेखि बिहेको जन्ती स्कर्टिङमा लगाएको देखेपछि पत्रकारले पिछा गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.