८४ वर्षीया वृद्धालाई बलात्कार प्रयास गर्ने पक्राउ

८४ वर्षीया वृद्धालाई बलात्कार प्रयास गर्ने पक्राउ

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा ८४ वर्षीया वृद्धालाई बलात्कारको प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

राम्रोसँग बोल्न र हिड्न नसक्ने वृद्धालाई घरमा बसेको अवस्थामा बलात्कारको प्रयास गरेको आरोपमा पिप्लेका ३५ वर्षीया गोर परियार पक्राउ परेको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासीनीले जानकारी दिए।  

फागुन १० गते दिउँसो तीन बजे घरमा रहेकी वृद्धाको अस्वभाविक आवाज सुनेपछि वृद्धाकहाँ गएका स्थानीयले जबरजस्ती करणी गर्न लागेको प्रहरीलाई सूचना गरेका थिए। घटनाको बारेमा प्रहरीले आइतबार मात्र जानकारी दिएको हो। 

स्थानीयको सूचना लगत्तै भगवती प्रहरी चौकीबाट खटिएको टोलीले स्थानीयको सहयोगमा परियारलाई नियन्त्रणमा लिएर बेनी पठाएका थिए। कारबाही प्रक्रिया र अनुसन्धानका लागि हिरासतमा राख्न आइतबार म्याद थप गरिएको प्रनाउ मरासीनीले जानकारी दिए। 

बृद्धाको अवस्था सामान्य छ। उनलाई स्वास्थ्य परीक्षणका लागि डोकोमा बोकेर बेनी अस्पतालमा ल्याइएको थियो। परियार यसअघि गौबध मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए।    

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.