चिनियाँ लगानी आकर्षित गर्न पूर्वसम्मेलन

चिनियाँ लगानी आकर्षित गर्न पूर्वसम्मेलन

बेइजिङ : नेपालमा चिनियाँ लगानी भित्र्याउने उद्देश्यले फागुन १३ गते सोमबार चीनको राजधानी बेइजिङमा नेपाली दूतावासले ‘नेपाल लगानी सम्मेलन २०१९ सम्बन्धमा पूर्वसम्मेलन’ आयोजना गरेको छ।

 दूतावासले चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनलाई ध्यानमा राखी चिनियाँ लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउने उद्देश्यले उक्त सम्मेलन आयोजना गरेको जनाएको छ।

कार्यक्रममा नेपालमा लगानी गर्न इच्छुक चिनियाँ व्यवसायी, लगानीकर्ता र सरकारी निकायका प्रतिनिधि गरी एक सयभन्दा बढी सहभागी थिए। नेपालमा लगानी गरिरहेका चिनियाँ लगानीकर्ता कम्पनीमध्ये जीटीई र लगानी विभाग १ पावर चाइनाले नेपालमा जारी काम तथा चुनौती र सम्भावनाबारे जानकारी दिँदै इच्छुक लगानीकर्तालाई सकारात्मक सन्देश सम्प्रेषण गरेको थियो।

कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानी सम्बन्धमा उपस्थित चिनियाँ कम्पनीलाई लगानीका लागि सम्भावित क्षेत्र र लगानीसम्बन्धी नीतिनियमबारे ठोस जानकारी दिएका थिए। नेपालमा यतिखेर लगानीका लागि उपयुक्त समय भएको उल्लेख गर्दै चीनबाट अझै धेरै लगानीको अपेक्षा गरेको उनले बताए।

कार्यक्रममा राजदूत पौडेलले नेपालमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नयाँ अध्याय सुरूसँगै लगानीको वातावरण बनिसकेको र नेपाल आशलाग्दो सम्भावना बोकेको लगानी गन्तव्य भएको बताए। आर्थिक शक्ति राष्ट्र भारत र चीनबीच रहेको नेपाल प्राकृतिक स्रोतको भण्डार भएको र हालको उपयुक्त वातावरणमा नेपालमा लगानी गरी लाभ उठाउन पनि उपस्थित चिनियाँ लगानीकर्तालाई उनले आग्रह गरे।

राजदूत पौडेलले चीन नेपालका ठूलो लगानी मुलुक र दोस्रो व्यापार साझेदार भएको बताए। लगानीका लागि इच्छुक चिनियाँ व्यापारी र चिनियाँ पत्रकारका जिज्ञासाबारे राजदूत पौडेल र कार्यकारी अधिकृत अधिकारीले नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण बनाउन सरकार तयार रहेको पनि बताए।

नेपालमा चिनियाँ लगानी आउन थालेको झन्डै तीन दशक बितिसकेको छ। चीनबाट नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अरु देशको तुलनामा बढी छ। चीनले आफ्नो महत्वाकांक्षी परियोजना नवीन रेशममार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ्स सञ्चालन गर्ने योजना बनाएपछि चिनियाँ लगानीमा वृद्धि भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.