भारत-पाकिस्तान विवाद  : भारतको पक्षमा वीरगन्जमा प्रदर्शन

भारत-पाकिस्तान विवाद  : भारतको पक्षमा वीरगन्जमा प्रदर्शन

वीरगन्ज : जम्मु काश्मिरमा भएको आतंकवादी हमलाको जवाफमा भारतीय वायु सेनाले पाकिस्तानी भूमीमै पसेर  आक्रमण गरेकै दिन वीरगन्जमा प्रदर्शन भएको छ। 

मंगलबार मधेसी दलका नेता र युवाले भारतको पक्षमा वीरगन्जमा प्रदर्शन गरेका हुन्। १४ फेब्रअरी र त्यसयता भारतमा भएको आतंकवादी हमलाको विरोधमा राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवा संघ र राष्ट्रिय विधार्थी संघका  कार्यकर्ताले मोटरसाइकल र्याली गरेका हुन्।

आतंकवादविरुद्ध नेपालका युवा भारतको साथमा रहेको भन्दै राजपाले प्रदर्शन गरेको हो। 

प्रदर्शनमा सहभागीले आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद, आतंकवादविरुद्ध भारत हामी तिम्रो साथमा छौँ, नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए। 

वीरगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट निकालेको मोटरसाइकल र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वाको परिक्रमा पछि पुन घण्टाघरचोकमा फर्किएर विरोधसभामा परिणत भएको थियो। 

विरोधसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुने भन्दै आतंकवाद र आतंकवादीलाई विश्वबाटै समाप्त पार्न आवश्यक रहेको बताए। 

महासचिव सिंहले प्रदर्शनले नेपाली युवा आतंकवादको विरोधमा रहेको र आतंकवादविरुद्धको लडाइँमा भारतलाई साथ दिने सन्देश दिएको उल्लेख गरे। 

‘आतंकवादको विरोधमा  नेपालका सबै युवा एक साथ छन्’,  उनले भने, ‘आतंकवादको अन्त्य गर्न भारत सरकारको हरेक कदममा नेपालका युवाको साथ छ।’
 
र्यालीमा राजपाका नेता प्रेमबाबु पटेल, मदन यादव, राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष सुशील पटेल, राष्ट्रिय विद्यार्थी संघ पर्साका अध्यक्ष मदनसुदन चौरसीयालगायत सहभागी थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.