खोरै रित्तिने गरी मर्न थाले कुखुरा, पालेका ६ हजारमध्ये १२ मात्रै जीवित !

खोरै रित्तिने गरी मर्न थाले कुखुरा, पालेका ६ हजारमध्ये १२ मात्रै जीवित !

हेटाैँडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिको ७, ८ र ११ नम्बर वडामा अण्डा तथा मासुका लागि पालिएका कुखुरा धमाधम मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

एक साताभित्रै करिब १५ हजार कुखुरा मरिसकेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ । अण्डाका लागि पालिएका लेयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लूको आशंका गरिएको छ । तर कुखुरा व्यवसायी तथा किसानहरुले भने रानीखेत रोगको कारण कुखुरा मरेको आशंका गरेका छन् ।

‘बर्डफ्लूको हल्ला मात्र हो रानीखेत रोगका कारण कुखुरा मरेको हामीले अनुमान गरेका छौं’, कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीले भने । हेटौंडा–७ का कुखुरा पालक किसान दीपेन्द्र गौतमले करिब सातसय कुखुरा मरेको बताए । ‘मैले २७ सय कुखुरा पालेको छु, एक साताको बीचमा सातसय कुखुरा मरिसकेको छ’, उनले भने, ‘दुई वर्ष दुबईमा काम गरेर २० लाख लगानीमा खोर बनाएर कुखुरा पालन सुरु गरेँ तर धमाधम कुखुरा मर्न थालेपछि लगानी नै डुब्न थालेको छ ।’

उनीजस्तै चिन्तित अनिष पोल्ट्रीका कुलप्रसाद चाैलागाईँले पालेका ६ हजार लेयर्स कुखुरामध्ये अहिले १२ वटा मात्रै कुखुरा बा“की छन् । नवराज सिलवालले ४ हजार कुखुरा पालेकोमा २ हजार ५ सय कुखुरा मरिसकेको बताए ।

कुखुरा धमाधम मर्न थालेपछि मकवानपुरमा कुखुरा पालनमा लगानी भएको करिब ६ अर्ब रुपैयाँ जोखिममा परेको भन्दै किसानहरु चिन्तित छन् । खोर नै रित्तिने गरी कुखुरा मरेपछि लाखौं रुपैयाँको नोक्सान भएको उनीहरुले बताएका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर चेतनारायण खरेलले संकलन गरिएका नमुना चितवन पठाइएको र रिपोर्टका आधारमा अन्य काम अगाडि बढ्ने बताए ।

एक साता अघि नै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, मकवानपुरको टोलीले उक्त क्षेत्रमा संक्रमण देखिएका कुखुराको नमूना परीक्षण गरेको थियो । ल्याब परीक्षणबाट गम्भीर प्रकृतिको रोग अर्थात् सस्पेक्टेड आएको केन्द्रका एक अधिकारीले बताए । तर ल्याब परिक्षणबाट आएको रिजल्टलाई केन्द्रले गुपचुप राखी वास्तविक रोगको लुकाएर रोगी कुखुरा बिक्री गर्न दिएको उपभोक्ताको आरोप छ ।

‘कुखुरा व्यवसायीसंग मिलेर भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले रोगी कुखुरा बिक्री गर्न सहयोग गरेको देखिन्छ’, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले भने, ‘संक्रमण देखिएपछि कुखुरा बिक्री बन्द गर्नुपर्नेमा गुपचुप राखिनुले शंका उब्जिएको छ ।’

सोमबार दिउसो स्थानीय प्रशासन, उपभोक्ता मञ्च, पशुसेवा कार्यालय र अन्य सरोकारवालाको टोलीले किसानहरुको खोर निरीक्षण गरेको थियो । टोलीले उच्च संक्रमण रहेको आशंका गरिएका पाँच वटा खोरबाट कुखुराको ¥यालको नमुना संकलन गरी अनुसन्धान अघि बढाएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

‘संकलन गरेका स्थान र त्यसको वरिपरीका कुखुराजन्य उत्पादन र बिक्रीमा आजबाट रोक लगाएका छौं’, उनले भने, ‘ल्याब परीक्षणबाट आएको रिजल्ट पछि मात्रै सो क्षेत्रका कुखुरा र अण्डा बिक्री गर्ने वा नगर्ने भन्ने निर्णय गरिनेछ ।’

मकवानपुरमा पा“च वर्षअघि बर्डफ्लूका कारण कुखुरा मरेपछि किसानहरुले लाखौं रुपैयाँ नोक्सानी ब्यहोरेका थिए । कुखुरा व्यवसायी संघका अनुसार मकवानपुरमा करिब ५ सय कुखुरा व्यवसायी तथा किसान छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.