तेह्रथुमको एयरपोर्ट अवलोकनपछि पाथिभरा पुगेका थिए मन्त्री अधिकारी

तेह्रथुमको एयरपोर्ट अवलोकनपछि पाथिभरा पुगेका थिए मन्त्री अधिकारी

विराटनगर : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ। काठमाडौँबाट तेह्रथुम हुँदै ताप्लेजुङको पाथिभरा जाँदै गरेको एयर डाइनेस्टीको  हेलिकप्टर दुर्घटनामा परेको हो। 

मन्त्री  अधिकारी सवार हेलिकप्टर तेह्रथुमबाट ताप्लेजुङ जाने क्रममा दुर्घटनामा परेको तेह्रथुम सहकर्मी टीआर लिम्बूले जानकारी दिएका छन्। तेह्रथुमको आठराईस्थित चुहानडाँडा भन्ने ठाउँमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पर्यटन मन्त्री अधिकारीसहितको टोली पुगेको थियो। 

स्थलगत अध्ययन सकेर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि गएको बेला हेलिकप्टर दुर्घटनामा परेको तेह्रथुम प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन्। 

यता प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी शिद्ध न्यौपानेले हेलिकप्टर दुर्घटनाको ठूलो आवाज आएका कारण ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाको नेत्रृत्वमा घटनास्थलतर्फ टोली परिचालन गरिसकिएको जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.