१२ वर्षपछि काठमाडौँमा हिउँ पर्‍याे (फोटो फिचर)

१२ वर्षपछि काठमाडौँमा हिउँ पर्‍याे (फोटो फिचर)

काठमाडौँ : मध्य फागुन भइसकेको अवस्थामा काठमाडौँ उपत्यका भित्रै १२ वर्षपछि हिउँ परेको छ । काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो । राजधानी उपत्यकाका साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो । 

यसअघि काठमाडौँ उपत्यका भित्रै २०६३ फागुन २ गते (फेब्रुअरी १४, २००७) मा हिउँ परेको थियो । त्यतिबेला काठमाडौँका त्रिपुरेश्वर, न्यूरोडसहतिका मूख्य भागमै हिउँ परेको थियो । त्यसअघि वि.सं. २००१ साल पुसमा काठमाडौँ उपत्यका भित्रै हिमपात भएको रेकर्ड छ। 

जाडो जान लागेको समयमा बर्षात्सँगै हिउँ परेपछि काठमाडौँ उपत्यकाको मौसम पनि चिसिएको छ । हिउँले उपत्यकाका चन्द्रागिरि, नागर्जुन, शिवपुरी क्षेत्रका डाँडाकाँडा सेतम्मे भएका छन् । बुधबारदेखि देशैभर बर्षात् र हिमपात भएको थियो । 

पूर्वको ताप्लेजुङदेखि पश्चिमको बाजुरा र डडेल्धुरासम्ममा पनि बाक्लो हिमपात भएको छ । मौसम विभागका अनुसार हिजोदेखि देशभर मौसम बदली भएर पानी परिरहेको छ । पश्चिमी वायूको प्रभावका कारण देशको मध्य, पश्चिम र पूर्वी भागमा हिमपात र वर्षा भएको मौसमविद सुजन सुवेदीले बताएका छन् ।

तस्बिरहरू : सुरेन्द्र काफ्ले/अन्नपूर्ण पोस्ट्

तस्बिरहरू सौजन्य :मोनिका मल्ल/बीएम आचार्य


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.