गोदामचौर बलात्कारकान्ड : तीनैजना अभियुक्तलाई १० वर्ष जेल

गोदामचौर बलात्कारकान्ड : तीनैजना अभियुक्तलाई १० वर्ष जेल

ललितपुर : ललितपुरको गोदामचौर बलात्कारकाण्डका तीनै अभियुक्तलाई जनही १० वर्ष जेल सजाय भएको छ । सामुहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दामा १५ महिनापछि फैसला भएको हो । 

२०७४ मंसिर ३ गते गोदावरी नगरपालिका–१ गोदामचौरमा भएको सामुहिक बलात्कारको घटनाका अभियुक्तहरु रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई जनही दश वर्ष कैद सजाय भएको हो । त्यसैगरी ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालबाट फैसला भएको हो । 

जिल्ला अदालत ललितपुरका तीन नमबर न्यायाधीश धनसिंह महराले मुद्दाको फैसला गरेका हुन् । तीनै अभियुतmले बलात्कार, ज्यान मार्ने उद्योग तथा चोरी कसुर गरेको ठहर भएपछि दश वर्ष जेल सजाय भएको हो।  कानुन अनुसार ठुलो सजाय एउटैमा गाभिने जिल्ला अदालत ललितपुरका श्रेस्तेदार चन्द्र प्रकाश तिवारीले बताए । 

सामुहिक बलात्कारपछि ज्यान मार्ने उद्धेश्यले टाउकामा ढुगांले किचेर मरेको भनेर उनीहरुले फालेका थिए । घटनाको भोलिपल्ट बेहोस अवस्थामा तोरीबारीमा युवती भेटिएकी थिइन् । 

घटनाको दिन काम सकाएर घर फर्कँदा उनीहरुले पिछा गर्दै धकेलेर लडाएपछि बलात्कार गरेका थिए । बेहोस हुनुभन्दा पहिला उनीहरुको अनुहार चिनेको भन्दै पीडितले तीनैजनाविरुद्ध किटानी जाहेरी दिएको मुद्दामा लामो समयपछि अदालतलले न्याय दिएको हो । 

यसअघि गत वर्ष पुस २६ गते ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश बालमुकुन्द दवाडीले तीनै अभियुक्तलाई साधारण तारेखमा छोड्ने आदेश दिएपछि यो मुद्दा उच्च अदालत पाटन पुगेको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.