मोरङमा करेन्ट लागेर कामदारको मृत्यु
विराटनगर : मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–७ बरगाछीका राजन तिम्सिनाको घर बनाउने काम गर्ने कामदारको मृत्यु भएको हो। करेन्ट लागेर बेलबारी नगरपालिका–७ का ३५ वर्षका सागर तोलाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।
शुक्रबार साँझ तिम्सिनाको निर्माणाधीन घरको दोस्रो तलाको पिलरको रड उठाउने क्रममा ११ हजार भोल्टको नाङ्गो तारमा रडले छुँदा सागर तोलाङ र २० वर्षका नवीन खवास घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगर ल्याइएकोमा तोलाङको उपचारका क्रममा राति मृत्यु भएको हो । घाइते नवीनको नोबेलमै उपचार भइरहेको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
३