सरकारको प्राथमिकता विकास र समृद्धि : गृहमन्त्री थापा

सरकारको प्राथमिकता विकास र समृद्धि : गृहमन्त्री थापा

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले सरकारले आर्थिक विकास र समृद्धिलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका छन्। 

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय प्रांगणमा शनिबार भएको चौथो नेपाल लायन्स महोत्सव उद्घाटन गर्दै गृहमन्त्री थापाले देशमा राजनीतिक परिवर्तन पूरा भइसकेकोले सरकारले आर्थिक विकास र समृद्धिलाई प्राथमिकता दिएको स्पष्ट पारेका हुन्।

‘देशमा राजनीतिक परिवर्तन पूरा भइसकेको छ’, उनले भने, ‘त्यसैले सरकारले आर्थिक विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।’

आर्थिक विकास प्राप्त गर्न पहिले सामाजिक र सांस्कृतिक विकास हुनुपर्ने उनको भनाइ थियो। सामाजिक विकासमा नेपालस्थित लायन्स क्लवहरुले गर्दै आएको कार्य महत्वपूर्ण भएको भन्दै गृहमन्त्री थापाले प्रशंसासमेत गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.