बालसाहित्य महोत्सवमा रमाए बालबालिका

बालसाहित्य महोत्सवमा रमाए बालबालिका

काठमाडौँ  : क्रिएटिभ एकेडेमी, कीर्तिपुरमा एक दिने बाल साहित्य महोत्सव सम्पन्न भएको छ। पठन संस्कृतिको विकास गर्ने उद्देश्यले गरिएको दोस्रो बाल साहित्य महोत्सवको समुद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए।

 
उक्त महोत्सवमा विभिन्न क्षेत्रका सेलिब्रिटीसँग बहस गरियो। सो क्रममा लेखक नरेन्द्रराज पौडेल र डा धु्रव घिमिरेसँग शंकर भण्डारीले छलफल चलाए। मिस नेपाल २०१७ विजेता निकिता चन्डकसँग रिना शाहीले तथा नायक विपिन कार्की र रंगकर्मी सुरज मल्लसँग टंक चौलागाईँले बहस चलाए। सबैले बालबालिकासँग आआफ्नो कामको अनुभव साटेका थिए।

त्यस्तै, कीर्तिपुरमा पर्यटन प्रवद्र्धन विषयमा प्रा डा धर्मराज डंगोलले प्रस्तुति दिए। कार्यक्रममा ‘बालबालिका माझ सम्पादक’ विषयमा नागरिक अनलाइनका सम्पादक राजाराम गौतमसँग अन्र्तक्रिया गरियो। बालकथाकार यशु श्रेष्ठले सस्वर कथा वाचन गरे। बेटर नेपालको संयोजनमा आयोजित साँगीतिक काव्य अनुष्ठानमा कवि असीम सागर र बिना थिङले रचना प्रस्तुत गरे। बालकविलाई प्रोत्साहन गर्न छुट्टै मञ्चको व्यवस्थापन गरिएको थियो। 

कार्यक्रममा क्रिएटिभ एकेडेमीका विद्यार्थीले चित्रकला, हाजिरी जवाफ, नाटक मञ्चन, साहित्य समीक्षा, सांस्कृतिक प्रस्तुति, हस्तनिर्मित कलात्मक वस्तुलगायतका विविध रचनात्मक र सिर्जनात्मक प्रदर्शनी तथा आफूमा अन्तरनिहित प्रतिभाहरु प्रस्तुत गरेका थिए। महोत्सवमा कीर्तिपुर क्षेत्रका अन्य विद्यालयका विद्यार्थी पनि सहभागी थिए। 

क्रिएटिभ एकेडेमी, कीर्तिपुर नगरपालिका, कथालय, बाल कला संग्रहालय र शिल्पी थिएटरको संयुक्त आयोजनामा महोत्सव भएको थियो। महोत्सवका संयोजक खगेन्द्र गौतमका अनुसार झण्डै दश हजार बढी दर्शकले महोत्सव अवलोकन गरे। महोत्सवमा सताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी, नेपाल भाषाविद तुयु बहादुर महर्जन तथा डाफा बाजाका संरक्षक गोविन्दबहादुर महर्जनलाई सम्मान पनि गरिएको थियो।   

सत्यमोहन जोशीलाई अभिनन्दन गर्दै कीर्तिपुरका मेयर रमेश महर्जन। तस्बिर : अन्नपूर्ण 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.