शिक्षकको आन्दोलनमा लाठीचार्ज : शिक्षक भन्छन्, केही साथीको त खुट्टै भाँचियो !

शिक्षकको आन्दोलनमा लाठीचार्ज : शिक्षक भन्छन्, केही साथीको त खुट्टै भाँचियो !

काठमाडौं : विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका सरकारी विद्यालयका राहत शिक्षक र प्रहरीबीच वानेश्वरमा झडप भएको छ । झडपमा केही शिक्षक घाइते भएको आन्दोलनरत शिक्षकले बताएका छन् ।

माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरु वानेश्वर पुगेपछि प्रहरीसँग झडप भएको थियो । वानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो ।

पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार गरिएको थियो । आन्दोलनरत राहत शिक्षक दीपक सिटौलाले भने, ‘थुपै्र शिक्षक घाइते भएका छन् । केहीको टाउकोमा चोट लागेको छ । केहीको खुट्टा समेत भाँचिएको छ । भीड तितरबीतर भएका कारण कति घाइते भए भन्ने गन्न भ्याइएको छैन ।’

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरा गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।

आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.