करेन्ट लागेर इलाममा किशोरीको मृत्यु
इलाम : इलाम नगरपालिका- ८ धोबीधारामा एक युवतीको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।स्थानीय प्रेम गौतमको घरमा डेरा गरी बस्ने पाँचथरको फिदिम नगरपालिका १२ की १९ वर्षीय संगिन लिम्बूको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
उनी कोरियन भाषाको तयारीका लागि गौतमको घरमा डेरा लिएर बस्दै आएकी थिइन्। घरको छतमा लत्रिएको तारबाट करेण्ट लागि घाइते भएकी लिम्बूको इलाम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका हवल्दार विजय राईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !