मन्थलीमा माइक्रोबस दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते

मन्थलीमा माइक्रोबस दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते

रामेछाप : रामेछापको सदरमुकाम मन्थली नगरपालिका–२ करमबोटमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

मुस्ताङ जिल्ला थसाङ गाउँपालिका–४ घर भइ हाल झापा बस्दै आएका करिब ४६ बर्षका रामप्रसाद तुलाचनको मृत्यु भएको हो । दुर्घटनामा मन्थली नगरपालिका–२ की अञ्जना खड्का घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मन्थलीबाट मालुखोलातर्फ जाँदैगरेको कुशेश्वर यातायातको बा १ ज ९९०१ नम्बरको माइक्रो बस साँझ ६ः३० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका तुलाचनलाई स्थानीयहरुले उपचारको लागि मन्थलीस्थित रामेछाप सामुदायीक अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको बताइएको छ ।

अर्का घाइते खड्कालाई भने थप उपचारको लागि काठमाडौँ रिफर गरिएको प्रहरीको भनाइ छ । गाडी सडकबाट करिव एक सय मिटर तल तामाकोसी नदी किनारमा खसेको थियो । गाडीमा चालक सहित तीनजना सवार थिए । दुर्घटनापछि चालक प्रहरीको नियन्त्रणमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.