विद्यालयमा घरकै टिफिन

विद्यालयमा घरकै टिफिन

धनकुटा : लेगुवास्थित नागेश्वर माध्यमिक विद्यालयका छात्र विकुल गिरी पहिले स्कुलमा पढ्न आउँदा खाजा खान पैसा बोक्थे। टिफिनको बेला स्कुल नजिकै रहेको पसलमा गएर चाउचाउ, बिस्कुट, चटपटेलगायत किनेर खान्थे। तर हिजोआज भने विकुल घरबाटै टिफिन बट्टामा खाजा ल्याउँछन्। ‘घरमा जे पाकेको हुन्छ, आमाले त्यही दिनुहुन्छ,’ कक्षा ३ मा अध्ययनरत उनले भने ‘कहिले भुटेको भात, सागको तरकारी, कहिले उसिनेको इस्कुस र तरुल ल्याउछु।’

विकुलको पढ्ने स्कुल घरदेखि करिब डेढ घण्टाको पैदल दूरीमा छ। पहिले टिफिन समयमा बुवाआमाले दिएको पैसाले खानेकुरा किनेर खाँदा पनि उनको भोक मेटिँदैनथ्यो। तर अहिले टिफिन बट्टामा घरबाट खाजा ल्याएपछि पढ्न रमाइलो लाग्ने गरेको उनले बताए। गिरी जस्तै उनका कक्षाका साथीहरू पनि घरमा पाक्ने खानेकुरा ल्याएर खाजाको समयमा सँगै बसेर खान्छन्।

यूकेजीमा पढ्ने विविशा श्रेष्ठ पनि घरमा पाकेको खानेकुरा टिफिन ल्याउँछिन्। उनको टिफिन बट्टामा हरेक दिनजसो बेग्लाबेग्लै परिकार हुन्छ। उनी भन्छिन्, ‘पहिले पैसा लिएर आउथे। र, जे पायो त्यही खान्थे। तर, अचेल घरबाटै खाजा ल्याउछु।’ उनीसँगै पढ्ने सदीक्षा श्रेष्ठ, अमित गिरी पनि घरमा पाकेको खाजा ल्याएर टिफिनको बेला खाने गर्छन्।

महालक्ष्मी नगरपालिकाले ‘घरमा जे पाक्छ, विद्यालयमा त्यही खाइन्छ’ भन्ने अभियान नै सञ्चालन गरेर नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिफिनकारी वितरण गरेको छ।

नागेश्वर माविमा शिशुदेखि कक्षा ३ सम्म ४५ भन्दा बढी विद्यार्थी पढ्छन्। त्यहाँ पहिले टिफिनपछिको कक्षा प्रभावकारी थिएन। तर अहिले भने टिफिनपछिका कक्षाहरू नियमित हुन थालेको विद्यालयका प्रधानाध्यापक दीपक निरौलाले बताए। ‘विद्यार्थीहरू पैसा ल्याएर जंगफुडहरू (चाउचाउ, चटपटेलगायत) किनेर बढी मात्रामा खान्थे,’ उनले भने, ‘अहिले खाजा घरबाटै ल्याएर आउँछन्। विद्यार्थीको पढाइको स्तरमा सुधार आएको छ।’

महालक्ष्मी नगरपालिकाले ‘घरमा जे पाक्छ, विद्यालयमा त्यही खाइन्छ’ भन्ने अभियान नै सञ्चालन गरेर नगरक्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिफिनकारी वितरण गरेको छ। चालू आर्थिक वर्षमा कार्यक्रम नै बनाएर नगरपालिकाले सो कार्यक्रम सञ्चालन गरेको मेयर परशुराम नेपालले बताए। गर्भमा रहेका बालबालिकादेखि नै नगरपालिकाको सेवासुविधा पुर्‍याउनुपर्छ भनेर आमा शिशु कार्यक्रमअन्तर्गत पोषण तत्त्व कार्यक्रम पनि सुरु गरिएको छ।

नगरपालिकाले नारा नै बनाएर ‘घरमा जे पकाइन्छ, विद्यालयमा त्यही खाइन्छ,’ भन्ने अभियान सञ्चालन गरेको छ। मेयर नेपालका अनुसार टिफिनकारी वितरणसँगै अभिभावकलाई पनि जंकफुडभन्दा पनि गाउँघरमा जे फल्छ, त्यही पकाएर बालबालिकालाई पठाइदिन उत्प्रेरित गरिएको छ।

मेयरले भने, ‘बालबालिकाले अघाएको पेटमा पढ्न पाउँदा तिनको वृत्ति विकासमा सहयोग पुग्नेछ। पढाइको गुणस्तरमा सहयोग पुग्नेछ।’ महालक्ष्मी नगरपालिकाभित्र करिब ५३ वटा सामुदायिक विद्यालय छन्। ती सामुदायिक विद्यालयको शिशुदेखि ३ कक्षासम्मका करिब २१ सय विद्यार्थीलाई नगरपालिकाले टिफिनकारी वितरण गरिरहेको छ। नगरपालिका शिक्षा शाखा प्रमुख पुष्पबहादुर कटुवालले भने, ‘छुट्ट्याइएको पाँच लाख बजेटले टिफिनकारी बाँड्न अपुग भयो। थप तीन लाख बजेट विनियोजन गरेर थपिएको छ।’

नगरक्षेत्रका सामुदायिक विद्यालयमा टिफिनपछिका घण्टीमा विद्यार्थीको हाजिरी कम थियो। यसले टिफिनपछिका विषयको नतिजा कमजोर आएको कारण यो कार्यक्रम सञ्चालन गरिएको कटुवालले बताए। कार्यक्रम सञ्चालन भएपछि अहिले टिफिन पछिका कक्षाहरू नियमित हुन थालेको अनुगमनमा देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.