अर्थ मन्त्रालयका २२ कर्मचारीलाई भारतमा तालिम

अर्थ मन्त्रालयका २२ कर्मचारीलाई भारतमा तालिम

काठमाडौ : अघिल्लो वर्ष झैँ यस पटक पनि नेपाल सरकार अर्थ मन्त्रालयका २२ जना कर्मचारीहरुको तालिम भारतमा सुरु भएको छ ।

नेपाल र भारत सरकारबीच भएको समझदारी अनुसार नै उनीहरुको तेस्रो चरणको तालिम भारतमा सुरु भएको हो । हरेक बर्ष ६२ कर्मचारीलई भारत सरकारको विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्र्तगत तालिम हुँदैआएको छ ।

सोही अनुरुप फागुन २० गते अर्थात गत सोमबारदेखि तालिम सुरु भएको काठमाडौंस्थित भारतीय राजदूतावासले विज्ञिप्ति निकालेर जनाएको हो । विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन सहित विश्वव्यापी अभ्यासबारे तालिममा सिकाइन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.