राजश्व विभागद्वारा अर्बौँको बिगोसहित २८ कम्पनीविरुद्ध मुद्दा

राजश्व विभागद्वारा अर्बौँको बिगोसहित २८ कम्पनीविरुद्ध मुद्दा

काठमाडौं : राजश्व अनुसन्धान विभागले राजश्व छली गर्ने विभिन्न व्यक्ति तथा कम्पनीहरुलाई अर्बौँ रकमको बिगो सहित मुद्दा दायर गरेको छ । आइतबार विभागले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुमाथि मुद्दा दायर गरेको जानकारी दिएको हो ।

विभागका अनुसार झुट्टा तथा नक्कली सामान बिक्री गरी राजश्व छली गर्ने जयकिशोर साह र परमेश्वर साहसहित २४ वटा फर्मका संचालक समेतलाई १ अर्ब विगो दाबीसहित काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको हो ।

मुल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली कर विजकको प्रयोग गरी राजश्व चुहावट गरेको भन्दै परमेश्वरलाई माघ ३ गते र जयकिशोरलाई माघ ४ गते पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

उनीहरुले ज्याला मजदुरी गर्ने गर्ने व्यक्तिलाई प्रभावमा पारेर उनीहरुको नाममा कम्पनी खोली वास्तविक रुपमा मालबस्तुको खरिद विक्री कारोबार नै नगरी झुटो विजक जारी गरी राजश्व चुहावट गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार उनीहरुले १ अर्ब ९ करोड १९ लाख ८१ हजार ९९३ राजश्व चुहावट गरेकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ ९ छ १० बमोजिम १ अर्व ७५ करोड ४४ लाख १० हजार दुईसय तीस विगो कायम गरी सोही दफाको २३ (१) बमोजिम विगोको दोब्बरसम्म जरिवाना र तीनवर्षसम्म कैद सजाय मागदावी सहित अदालतमा मुद्दा दायर गरिएको छ ।

यसैगरी विदेशी विनिमय अपचलन तथा हुण्डीकारोबारी गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बुलाई ३ करोड ६६ लाख विगो कायम गरी काठमाडौं जिल्ला अदालतमा आइतबारै मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले रिलायन्स सब रेमिट प्रालिका संचालक गोविन्द सुब्बाले इन्दुनारायण लिम्बुसमेतको साझेदारीमा रिलायन्सफर्ममार्फत मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एकठाउँबाट अर्को ठाउँमा पठाएको कारोबार देखाई विदेशी विनिमग अपचलन गरेको भन्दै दायर गरेको जनाएको छ।

राजस्व चुहावट गरेको कसुरमा दिपेश कुमार यादव समेत ८ जनामाथि १ करोड ४२ लाख ४५ हजार ७ सय ९१ बिगो माग दावी गर्दै काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रतिबादी हनुमन्त शंकर चौभानले संचालन गरेको सिद्धि अर्नामेन्टबाट विल विजक र पैठारी गरेको प्रज्ञापनपत्र समेत नभएको सुन २३६।७६ ग्राम र चादी १८६२ ग्राम बरामद गरिएको विभागले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.