रोल्पामा गाउँपालिका अध्यक्षको गाडी जलाइयो

रोल्पामा गाउँपालिका अध्यक्षको गाडी जलाइयो

रोल्पा : रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले भाडामा प्रयोग गरिरहेको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। मंगलबार रातको समयमा भे १ ज २७८५ नम्बरको भाडाको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए।

मेला उद्घाटनमा गाउँ पुगेका अध्यक्ष खत्रीले गाडी गंगादेव गाउँपालिकाको ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्किङ गरेर राखेका थिए। सबै सुतेको समयमा गाडीमा आगजनी भएको हो। घटनास्थलमा राति नै प्रहरी पुगिसकेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। 

दक्षिणी त्रिवेणी गाउँपालिकाको गाडीमा पनि अज्ञात व्यक्तिले तोडफोड गरेका छन्। मध्यरातमा गाउँपालिकाभित्र पार्किङ गरिएको गाडी तोडफोड गरेका हुन्। तोडफोडको आवाज कार्यालय सहयोगी मानबहादुर केसीले थाहा पाएर गुहार मागेका थिए।

होहल्ला भएपछि अज्ञात व्यक्ति भागेका थिए। प्रत्यक्षदर्शीका अनुसार तीन जना घटनास्थलबाट भागेका थिए। प्रहरीको गस्ती टोली पनि नजिकै भएकाले ठूलो घटना हुनबाट जोगिएको प्रनाउ खड्काले बताए। 

अज्ञात समूहले गाडीचालक बस्ने भागको सिसा फुटाएको छ। गाडी भित्र पाँच लिटरको मोबिलका भाडासमेत फेला परेको छ। समयमै थाहा भएकाले आगजनी हुनबाट जोगिएको बताइएको छ। आगजनीको कसैले पनि जिम्मेवारी लिएको छैन।

नेत्रविक्रम चन्द ‘विप्लव’ सहित जिल्लाका दर्जन बढी नेताविरुद्ध मुद्दा दायर गरेलगत्तै आगजनी भएको हो। जिल्लास्तरको तीनजना नेता पक्राउ गरिएकाले नेकपाका कार्यकर्ताले आक्रोसमा आई आगजनी गरेको हुनसक्ने सुरक्षा स्रोतको अनुमान छ। प्रहरीले जिल्लामा सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.