भोजपुरको सडकमा भ्रष्टाचार : इन्जिनियरविरुद्ध साढे १८ लाखको मुद्दा
काठमाडौं : तत्कालीन जिल्ला प्राविधिक कार्यालय -पूर्वाधार विकास कार्यालय) भोजपुरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर -उप-सचिव) लालु गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १८ लाख ५० हजार विगोसहितको मुद्दा चलाएको हो ।
आयोगले भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सडक स्तरोन्नतिको लागि पेश्की तथा रनिङ्ग बिल भुक्तानीका क्रममा पटक पटक गरी घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका सहप्रवक्ता मदन कोइरालाले बताए ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी सहित आरोप पत्र दायर गरिएको छ । ऐन बमोजिम सजायको माग दाबीसहित आरोप पत्र दायर गरिएको छ ।